काँग्रेश संवैधानिक अड्चन देखाउँदै सत्ता लम्बाउने खेलमा छः कार्की

0
1301

२५ पुस, २०७४/डिकेश लामा

दमक/संवैधानिक अड्चन देखाउँदै काँग्रेश सत्ता लम्बाउने खेलमा रहेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का प्रदेश सदस्य हिक्मत कार्कीले बताउनु भएको छ ।
आज दमकमा प्रेश चौतारी र प्रेश सेन्टर नेपाल झापाको आयोजनामा भएको कार्याक्रममा सो कुरा बताउनु भएको हो । संविधानको व्याख्या नेपाली काँग्रेश पार्टीले गर्नु दुखद र नमिल्ने कुरा हो, कार्कीले भन्नु भयो ।
नेपालको संविधान कार्यन्वयनका लागि राष्ट्रियसभाको निर्वाचन नभई मत सार्वजनिक गर्न नहुने एमालेको भनाई रहँदै आएको समेत उहाँले दोहोर्याउँनु भयो ।
सम्मेलनमा माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचन पछि फाल्गुन भित्रमा केन्द्रिय सरकार बन्ने र पार्टी एकताका लागि हिजोबाट आन्तरिक तयारी शुरु गुरेको समेत बताउनु भयो । बाम एकताको लागि हिजोबाट आन्तरिक तयारी शुरु गरिएको बताए पनि राष्ट्रिय सभा अगाडि नहुने संकेत दिनु भएको छ । पार्टी एकता निश्चित हुने र गठबन्धन तोड्न काग्रेशले प्रचण्डलाई प्रधानमन्त्री दिने भने पनि उहाँले गठबन्धनलाई अगाडि बढाउने कुराले गठबन्धनले मुर्तरुप पाउने बताउनु भयो । 

बाम एकताका लागि अव केपी ओली र प्रचण्डले नचाहँदा एकता रोकिने र चाहँदा एकता हुने भन्ने कुरा नभएको बताउनु भयो । त्यसको निर्णय जनतको हातमा रहेकोले यो जनादेशको आधारमा हुने बताउनु भयो ।
प्रेश सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेशले पछिल्लो समयमा सरकारले अस्थायी राजधानी नतोक्ने र प्रदेश प्रमुख छनौट गरी काठमाण्डौंमा सफथ ग्रहण गर्न खोजेको भन्दै यो संविधान कार्यन्वयनको चुनौती र हाँस्यस्पद विषय हुने बताउनु भयो । एमाले भने अभिलम्भ सहमतिमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नु पर्नेमा जोड दिएको समेत बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here