खुला तथा दुर शिक्षण सचेतना अभियान दमकमा

0
1227

२६ पुस, २०७४/डिकेश लामा       
दमक/प्रविधिको विकाससँगै खुला तथा दुर शिक्षण प्रकृया प्रभावकारी र फलदायी बनाउन त्रिभुवन विश्व विद्यालयले सचेतना अभियान कार्यक्रम जारी राखेको छ ।
दमकमा आज पत्रकार सम्मेलन गर्दै त्रि.वि. अभियान टोलीले अव व्यस्त रहेकाहरुले पनि सहज अध्ययन गर्न सकिने बताउनु भएको छ । ३ बर्ष अघि देखि शुरु गरेको खुला तथा दुर सिकाई कार्यक्रम नेपालमा पनि प्रभावकारी बन्दै गएको सम्मेलनमा त्रि.वि.का अंग्रेजी विभागका प्रमुख प्राध्यापक प्रेम फियाकले बताउनु भयो ।
मोवाइलमा एप समेत प्रयोग गरेर अनलाईनबाट भौगोलिकरुपमा जहाँ बसेर पनि अध्ययन गर्न सकिने भएकोले अध्ययन प्रविधि शुरु भएको र प्रभावकारी बन्दै गएको कार्यक्रमका अर्का बक्ता शिक्षा शास्त्र केन्द्रिय विभाग अन्तर्गत शिक्षा आधार विभागका उपप्राध्यापक देवीप्रसाद भट्टराईले बताउनु भयो ।
यस समय भर्नाको पिरीयड भएकोले अभियानलाई देश व्यापीरुपमा विभिन्न टोली परिचालन गरी खुला तथा दुर शिक्षण सचेतना कार्यक्रम गरेको त्रिवि टोलीले जानकारी दिएको छ । शुरुमा ३ जनाबाट अध्ययन शुरु गरिएको यो शिक्षण प्रकृयामा अहिले गणित र अंग्रेजी गरी १२ जना विधार्थीले तेस्रो सेमेस्टार अध्ययन गर्दै गरेको त्रिविको खुला तथा दुर शिक्षण केन्द्रले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here