डा.केसी आज पनि प्रहरी हिरासतमै

0
836
प्रहरी हिरासतमा रहेका डा.केसी

२५ पौष, काठमाडौ । प्रा. डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज बयान मात्र भएपछि उनि अझै प्रहरी हिरासतमै रहनुपर्ने भएको छ ।

सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई आज विहान ९ बजे नै अदालतमा उपस्थित गराइए पनि ५ घण्टा ढिलोमात्र बयान भएपछि अज बहस हुन नसकेको हो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिए पनि आजको समय बयानमै सकिएकाले केसीलाई आज पनि हिरासतमै राखिएको हो । केसीको बहस भोलिका लागि सारिएको छ ।

सोमबार राति अनसनस्थलबाट पक्राउ गरिएका डा. केसीलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here