पत्रकार मञ्चको निर्वाचन स्थगित

0
1246

१७ पुस २०७४

दमक/झापाको माई पश्चिम क्षेत्रका पत्रकारहरुको साझा संगठन पत्रकार मञ्च दमकको कार्य समिति चयनका लागि आज हुने भनेको निर्वाचन स्थगित भएको छ ।
     दमकमा भएको नवौं बार्षिक साधारणसभा तथा चौथो अबिधेशनको बन्दसत्रबाट गठित निर्वाचन समितिले आज गर्ने भनेर हिजो सार्वजनिक गरेको तालिका अनुसार कार्यक्रम नभएको भन्दै एउटा प्यानलले निर्वाचनमा सहभागिता नगर्ने लिखित जानकारी गराए पछि निर्वाचन स्थगित भएको हो । निर्वाचन समितिले तोकिएको समय अनुसार निर्वाचन कार्यक्रम अगाडि नवढाएको कारण प्रति ध्यानाकर्षण भएको जानकारी गर्दै निर्वाचनका कुनै पनि कार्यक्रममा सहभागिता नगर्ने घोषणा गरेको प्रेश युनियन झापा जिल्ला सचीव गिरीराज भट्टराईले बताउनु भयो । 

 

 

यस्तै निर्वाचनमा सहभागतिा नगर्नेमा प्रेश युनियनसँग एउटा प्यानल बनाएर अघि बढेको संघीय प्रेस फोरम र अर्को संघीय पत्रकार युनियन रहेका छन् । प्रेश युनियनको तर्फबाट जिल्ला सचीव गिरीराज भट्टराई, संघीय प्रेश फोरमका झापा जिल्ला अध्यक्ष देशराज नेम्बाङ्ग र संघीय पत्रकार युनियनका केन्द्रिय अध्यक्ष दिलकुमार लावातीको सँयुक्त हस्ताक्षर भएको पत्र निर्वाचन समितिका संयोजक गञ्जबहादुर दाहाललाई बुझाउँदै निर्वाचनको कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । ५७ सदस्य रहेको मञ्चलाई सहमतिका आधारमा कार्य समिति गठन गरिने प्रयास भए पनि सहमति हुन नसके पछि हिजो आज विहान ८ बजे देखि हुने निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको थियो । सो कार्यक्रम पनि तोकिएको तालिका अनुसार नभएको भन्दै केही पत्रकार संगठन बाहिरिए पछि अनिश्चित समयका लागि निर्वाचन स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here