शरणार्थी सेवा सुविधा कटौतीसँगै ठूलो संख्यामा कर्मचारी निकालिए

शरणार्थी क्षेत्रमा कार्य गर्ने १५ जनालाई विदाई सहित सम्मान

0
7219

शरणार्थी क्षेत्रमा कार्य गर्ने १५ जनालाई विदाई सहित सम्मान
१९ पौष, २०७४/  डिकेश लामा
दमक/शरणार्थीहरुका विभिन्न क्षेत्रमा कार्य गर्दै आउनु भएका १५ जना कर्मचारीलाई आज विदाई कार्यक्रमबीच सम्मान गरिएको छ ।
भूटानी शरणार्थीहरुलाई सहयोग गर्दै आएका दातृ निकाय यूएनएचसीआर, विश्व लुथरन फेडरेशन, आम्दा नेपाल, नेपाल बार एशोशिएशन, टिपीओ नेपालका पदाधिकारीहरुलाई भूटानी शरणार्थीहरुको तर्फबाट वेलडाँगी शिविरमा एक कार्यक्रमबीच सम्मान गरिएको हो । शिविर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्व यूएनएचसीआरका प्रतिनिधि गोविन्द सुनुवार, खेम नेपाल, नेपाल बार एशोशियसनका ज्ञानेन्द्र कार्की, शान्ता पाठक, डा. शालिग्राम भट्टराई लगायतले शरणार्थीहरुसँग काम गर्दा धेरै अनुभव लिएको र जिवनभर नविसर्ने सम्बन्ध कायम भएको बताउनु भयो ।

शरणार्थीको संख्या कम हुँदै गए पछि सन् २०१७ बाट आफ्नो कार्यबाट बाहिरिएका विशेष योगदान दिने कर्मचारीहरुलाई सम्मान गरिएको कार्यक्रमका सभापति शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि शिविर सुपरिवेक्षक सुरेन्द्र दाहालले शरणार्थी शिविरमा जनसंख्या घटे पनि समस्याहरु भने नघटेकोेले गर्दा दातृ निकायले कर्मचारीहरुलाई हटाउनाले समस्या आउने समेत बताउनु भयो । सन् २०१७ को अन्त्यसँगै शरणार्थी दातृ निकाय यूएनएचसीआर बाट २०, नेपालबार एशोसयशनबाट ६, टिपीओ नेपालबाट १४, आम्दा नेपालबाट ७ जना, विश्व लुथरन फेडेरेशनबाट ४ जना कर्मचारीहरु निकालिएका छन् ।

कार्यक्रममा शिविर क्षेत्रमा कार्य गर्ने कर्मचारी निकाले पछि आफूहरुले पाउँदै आएको सेवासुविधा र अन्य कार्यमा ठूलो समस्या आउने प्रति शरणार्थी अगुवाले बताउनु भएको छ । कार्यक्रममा भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्ग, पूर्व सचीवहरु चिरञ्जीवि राई, सुमन राई, डिवी सुव्बा लगायतले लामो समयसम्म सँगै रहेर कार्य गर्नु भएका कर्मचारीहरुलाई विदाइ प्रति दुःख व्यक्त गर्नु भएको छ ।

कर्मचारी निष्काशित सँगसँगै शरणार्थी सेवा कटौती
भूटानी शरणार्थी शिविर वेलडाँगीमा कर्मचारीहरुको निष्कासनसँगसँगै उनीहरुबाट पाउने सेवा सुविधा पनि कम हुन थालेको छ । कर्मचारी निष्कासन पछि अव उप्रान्त कानुनी सहयोगका लागि शरणार्थीहरुले शिविर क्षेत्रबाट कुनै पनि परामर्शदाता पाउने छैनन् । नेपालबार एशोसियशनका कर्मचारीहरु ६ जना सवै निष्काशित भए पछि यो सेवाबाट भूटानी शरणार्थीहरु बन्चित भएका हुन् । यसैगरी यूएनएचसीआरका प्रतिनिधि फिल्ड एशिष्टेण्ड एफ. ए. ले दिने सुविधा समेत शिविरबाट नहुने बताइएको छ । शरणार्थी शिविरमा दिँदै आएको अति महत्व पूर्ण सेवा स्वास्थ्यलाई समेत इमेजेन्सी सेवा बाहेक अन्य सेवा हटाइसकिएको छ । इमेजेन्सी सेवालाई समेत हटाउने तयारी भएको भन्दै नहटाउँन शरणार्थीहरुले माग गरेका छन् । आगामी बर्षबाट आधारभूत शिक्षा बाहेक अन्य कक्षाहरु समेत हटाउने तयारी रहेको बताइएको छ । पहिले दिँदै आएको १५ दिनका लागि प्रति १२ केजी चामल हाल आएर ९ केजी मात्र वितरण गर्दै आएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । यता दाल, तेल र अन्य सुविधाहरु असाहय परिवार बाहेक कटौति गरिसकेको शिविर सचीव टिकाराम रसाईलीले जानकारी दिए । शरणार्थी संख्या घटेसँगै भूटानी शरणार्थी समस्यालाई कसरी दिर्घकालिन रुपमा समाधान गर्ने भनी सरोकारवाला निकायले विकल्पहरु खोजिरहेको बेला भूटानी शरणार्थीहरुले भने स्वदेश फिर्ती, स्थानीयकरणका मागलाई अगाडि सारेका छन् । भूटानी शरणार्थीहरुले विभिन्न निकाय र कार्यक्रममा यी दुई मागले शरणार्थीहरुको समस्या समाधानका अन्तिम विकल्पको कार्य गर्ने बताउँदै आउनु भएको छ ।

See live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here