आन्दोलित सिटी व्यवसायीसँग सहमति

तोकिएको स्थान बाहेक लोक मार्ग आसपासमा सिटी रोक्न नपाइने

0
1201

तोकिएको स्थान बाहेक लोक मार्ग आसपासमा सिटी रोक्न नपाइने
२०७४ पौष ९ गते डिकेश लामा
दमक/   देशभर सिटी रिक्साले दुर्घटना बढाएको भन्दै राज्यले मुख्य लोक मार्गमा सिटी रिक्सा कुदाउन रोक लगाएको भन्दै आन्दोलमा उत्रिएका सिटी रिक्सा व्यवसायी र दमक नगर पालिकाबीच आज सहमति भएको छ ।
सहमति अनुसार संघ र प्रदेशको कानुन लागु नभएसम्मका लागि लोकमार्गमा सिटी कुदाउन पाउने भएपनि निश्चित स्थान बाहेक स्टेन्ड लगाएर राख्न नपाउने सहमति भएको दमक नगर पालिकाका मेयर रोमनाथ ओलीले जानकारी जानकारी दिनु भयो । दमक नगर पालिकामा दर्ता भएका मात्र ८ सय सिटी व्यवसायीले तत्काल नगर पालिकाले समन्वय गरी व्यवसाय संचालन गर्न पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिए पछि सो सहमति भएको नगर पालिकाले जानकारी दिएको छ । सहमतिमा इलाका प्रहरी कार्यालय दमक, इलाका ट्राफिक प्रहरी दमक, सिटी व्यवसायीका जिम्मेवार प्रतिनिधि, संचारकर्मी, राजनैतिक अगुवा सहितको उपस्थिति रहेको छ । 

सहमतिमा सिटी व्यवस्थापनका लागि दमक वडा नं. ९ का वडा सदस्य सविन रिजालको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिले ७ दिन भित्रमा लोकमार्गमा असर नपर्ने गरी ३ स्थानमा सिटी स्टेण्डको व्यवस्था गर्नु पर्ने, सिटीको दायाँ पटिको भाग बन्द गर्नु पर्ने र सिटीमा दायाँ बायाँ निस्कने गरी सामान बोक्न नपाउने सर्तमा सहमति भएको समितिका सदस्य इलाका ट्राफिक कार्यालय दमकका प्रमुख उत्तम भण्डारीले बताउनु भयो । यता अन्य क्षेत्रमा समेत सिटी व्यवसायीले आफूहरुले रोजगार गरी खाउन पाउनु पर्ने भन्दै विभिन्न समय र स्थानमा आन्दोलन गर्दै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here