फिलिपिन्समा भयानक आँधीः १ सय ८० जनाको मृत्यु

0
1402
तस्बीरः बीबीसी

९ पौष, काठमाडौं । फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीका कारण १ सय ८० जनाको मृत्यु भएको छ भने दर्जनौ बेपत्ता भएका छन् ।

तस्बीरः बीबीसी

फिलिपिन्सको ठूलो मध्येको एक मिन्दानाओ टापुमा आएको सो आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकार्य जारी रहेको बीबीसीले जनाएको छ । शबलाई नकाल्ने कार्य जारी रहेको छ भने घाइतेहरुको उद्धार पनि जारी रहेको अधिकारीहरुले जनाएको आँधीले सयौ घरहरु ध्वस्त पारेको छ ।  आँधीले टुबोड र पिआगापो शहर सबैभन्दा बढी प्रभावित भएका छन् जहाँ कैयौँ घरहरु ढुङ्गाले पुरिएका छन् ।

प्रतिघण्टा ८० किलोमिटर वेगको आँधी मिन्डनाओ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढेको अधिकारीहरुले जनाएका छन् । बर्षौपिच्चे आइरहने यस्ता आँधीबाट फिलिपिन्समा हरेक बर्ष सयौं ब्यक्तिको मृत्यु हुने  गरेको छ । यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीका कारण पिन त्यहाँ सात हजार ३ सय ५० को मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here