भूटानी शरणार्थी क्षेत्र आसपास ३ दर्जन चर्चमा एकसाथ मेरी क्रिश्मस

क्रिशमसमा आर्थिक सहयोग सहि  त विविध कार्यक्रम

0
3734

क्रिशमसमा आर्थिक सहयोग सहि  त विविध कार्यक्रम
१० पौष, २०७४, डिकेश लामा
बेलडाँगी/ येशु ख्रिष्टको जन्म जयन्तिको अवसरमा भूटानी शरणार्थी शिविर क्षेत्रमा रहेका ३ दर्जन हाराहारीका चर्चहरुमा आज एकसाथ मेरी क्रिशमसका कार्याक्रम सम्पन्न भएका छन् ।
दमक वडा नं. ३ बाघखोरमा रहेको कृपा फ्रि मेथोडिष्ट चर्चले दुई भूटानी शरणार्थी सहित ११ जनालाई जनही ९ हजार रुपयाँका दरले आर्थिक सहयोग तथा सम्मान गरिएको सोही चर्चका पास्टर विशाल सुव्बाले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका दमक नगर पालिकाका मेयर रोमनाथ ओलीले असाहय व्यक्तिहरुलाई नगद वितरण र सम्मान गर्नु भएको थियो ।
यसैगरी यता अभिषेक चर्चमा सामाजिक क्षेत्रमा अगुवा व्यक्तित्वहरुलाई नेपाली ढाका टोपी, सल र खदा ओढाएर सम्मान गरिएको छ । गीत, प्रार्थना र नृत्य सहित गरिएको 

कार्यक्रममा शिविर सुपरिवेक्षक सुरेन्द्र दाहाल, शसस्त्र प्रहरी निरीक्षक जयन्त ढडाल, संचारकर्मी डिकेश लामा, पूर्व सचीव युवराज राई, चिरन्जीवि राई सहित २ दर्जन हाराहारीका सामाजिक अगुवाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा शिविर सचीव टिकाराम रसाइलीले सवै जातजाति, धर्म र वर्गका मानिसहरुको उपस्थितिले नेपालमा धार्मिक सद्भाव र एकताको भावना विकास हुँदै गएको बताउनु भयो । 

यता रे अफ होप चर्चका पास्टर कैलाश थापाले आजको दिन अर्थात डिसेम्बर २५ तारिख येशु ख्रिष्टको जन्मबारे बाइबलमा उल्लेख नगरे पनि क्रिश्चियन समाजका अगुवाहरुले आजको दिनलाई प्रभु येशुको जन्म भएको दिन भनी मनाएका हुँदा सम्पूर्ण भूटानी समूदायले हर्षोल्लास्का साथ मेरी क्रिश्मस दिन मनाएको बताउनु भयो । आज भूटानी शरणार्थी क्षेत्र आसपासमा रहेका ३७ वटा चर्चमा एकसाथ कार्यक्रम गरेको भूटानी क्रिश्चियन सोसाइटीले जानकारी दिएको छ ।

 

See live video report by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here