हप्तादिनभित्रै प्रदेश प्रमुखः सरकार

0
1383

८ पौष, काठमाडौं । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो ।

आयोगले शुक्रबार प्रदेश सभामा समानुपातिकतर्फ दलहरूले पाएको मतपरिणाम सार्वजनिक गरेको छ । अब आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्ने  र, त्यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबारसम्म प्रदेशको राजधानी र प्रमुख नियुक्त भइसक्ने बताए । सरकारले अघिल्लो बिहीबार नै प्रदेशको राजधानी र प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको थियो । तर, अन्य दलहरूसँग सहमति गर्न खोजेकाले ढिला भएको उनले बताए ।

‘शुक्रबार सर्वदलीय बैठक राखिएको थियो, सकेसम्म राजनीतिक सहमतिका आधारमा निर्णय गर्न भनेर कुरेको हो, अब सरकारले आफ्नो तरिकाले निर्णय लिन्छ,’ परियारले भने ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here