वीरगञ्जमा ग्याँस उद्योगमा आगलागी, दुईको मृत्यु

0
938

५ पौष, काठमाण्डौ । पर्साको वीरगञ्जमा रहेको सुपर ग्याँस उद्योगको प्लान्टमा आगलागी हुँदा दुई जनाको मृत्‍यु भएको छ । ९ घण्टा भन्दा बढी समय लगाएर नियन्त्रणमा लिइएको सो आगोमा अग्नी नियन्त्रक मधुसुधन मिश्र र यादवप्रसाद अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको आगो निभाइरहेका बेला निस्सासिएर मृत्यु भएको हो। यस्तै आगो निभाउन गएका दमकलका ६ जना कर्मचारी घाइते भएका छन् भने वारुणयन्त्र पनि जलेको छ।

बिहान ६ बजेदेखि सुरु भएको आगो कम हुँदै गएपछि आफैँ आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सेना र स्थानीयबासीले सघाए पनि उद्योगभित्रै आगो लागेपछि ग्यास ट्यांकी पड्किएर थप क्षती हुन सक्ने भन्दै आधा किलोमिटर वरीपरीको बस्तीलाई खालि गराइएको थियो ।

चालकले ग्याँस बुलेट बोकेको गाडी स्टार्ट गर्ने क्रममा उत्पन्न झिल्कोबाट आगो सल्किएको बताइएपनि यकिन कारण खुल्न सकेको छैन । यसैबीच एलपी ग्याँस उद्योग संघले घटनाको छानबिन गर्न संघका पूर्बअध्यक्ष शिव घिमिरेको अध्यक्षतामा समिति गठन गरेको छ । घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालको ४८ वर्ष लामो ग्याँस उद्योग सञ्चालनको इतिहासमा उद्योगभित्र पहिलोपटक आगलागी भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here