किराँत राई कम्युनिटि अफ कोलोराडोले भव्यताका साथ मनायो उधौली साकेला

0
1540

Post Report by Kshitiz,  Dec. 19 2017, Denver:
किराँत राई कम्युनिटि अफ कोलोराडोद्वारा आयोजित  किराँत राईहरूको माहान पर्व येले स्वत् ५०७८ सालको उधौली साकेला यही दिसेम्बर १६, २०१७ का दिन भव्यताका साथ अमेरिकाको कोलोराडो राज्य अन्तरगत देंवर सहरमा भव्यताका सुसम्पन्न भएको छ |

आफ्नो धर्म, संस्कृती, रितिरिवाज, संस्कार लाई जोगाउदै अघि बढ्ने साथै सदैव बचाई राख्नलाई नव पुस्तामा यसको महत्वको जागृत गर्ने उदेश्यको साथ आयोजित उक्त कार्यकर्म, सयौं किराँत राईहरूको उपस्थिति साथै उनीहरूको भेषभूषा, संकृतिक खानपिन र नाचगानले सुशोभित र अत्यन्तै मनमोहक बनेको थियो |  

किरातीहरू विशेष गरि प्रकृति पूजक हुन् र उनीहरू प्रकृतिको नजिक रहने गर्छन् । उनीहरूले वर्षमा दुई ठूला पर्व मनाउने गर्छन् जसमा उधौली दोस्रो ठूलो किरातीहरूको चाडपर्वमा पर्छ । यहि अवसर पारेर किराँत राई कम्युनिटि अफ कोलोराडो (KIRAT RAI COMMUNITY OF COLORADO) का कलकार भाइबहिनीहरूलाई मायाको चिनो हौसला स्वरूप २१ जानालाई प्रदान गर्नुको साथै नृत्य संयोजक द्वय मालती मगर र धन राईलाई आँखी झ्यालबाट प्रसंसा पत्रद्वारा सम्मान पनि गरिएको जानकारी किराँत राई कम्युनिटि अफ कोलोराडोका अध्यक्ष श्री भिम कु. राई( क्षीतिज)ले हामीलाई बताउनुभयो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here