नक्कली मुद्रा सहित एक भारतीय पक्राऊ

0
2317

डिकेश लामा/ २७ मंसीर २०७४
दमक/ नक्कली भारतीय मुद्राको कारोबारमा सरिक भएको आशंकामा आज एक भारतीय नागरिक ९६ हजार भारतीय मुद्रा सहित दमकमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगंज हरिस चन्द्रपुरका ३१ बर्षीय मोहमद अरजउल करीम मिया रहेका छन् । मियाको साथबाट २ हजारको ४८ वटा नोट फेला परेको इलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनु भयो । सुराकीको आधारमा दमक वडा नम्बर ६ को बीच बजार क्षेत्रमा रहेको सव्जी मण्डीबाट नगद सहित प्रक्राऊ गरिएको इलाका प्रहरी कार्यलय दमकले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
बरामद नोटमा ११, १४ र ९ वटामा एकै नम्बर उल्लेख गरिएको भए पछि पक्कै पनि ती रकम नक्कली भएको आंशका गरिएको छ । पक्राउ परेका मियालाई थप अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।
नक्कली नोटको कारोबार गर्नेलाई मुद्रामा उल्लेख भए बमोजिमको जरिवाना र ५ बर्षसम्म जेल हुने मुलुकी ऐन महल ६ अन्नर्गत खोटा चलनमा उल्लेख गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here