पतिपत्नी, प्रेम र यौन

0
546
Dr. Govinda Upadhyaya

वैदिक संस्कृतिमा विवाहले दुई युवायुवतिलाई शारीरिक सम्बन्ध बनाएर सन्तान उपत्ति गर्ने सर रमाइलोपनका लागि यौनजन्य क्रियाकलाप गरेर सामाजिक मान्यता प्रदान गर्छ | विवाह एउटा उत्सव हो जसले विवाहयोग्य युवक तथा युवतिलाई यौनजीवनमा प्रवेश गर्ने सामाजिक, धार्मिक तथा सांस्कृतिक मान्यता प्रदान गर्छ | कामसूत्र सहित कुनै पनि ग्रन्थले विवाहपूर्व यौनजन्य क्रियाकलापका लागि स्वीकृति दिएको छैन |

आजको नया पुस्तामा प्रेम-विवाह कि मांगी विवाह भन्ने विषयमा ठूलो बहस भेटिन्छ | केही प्रेम-विवाह त केही मांगी विवाहको पक्षमा उभिएको भेटिन्छ | तर बढ्दो सामाजिक संजाल र मिडिया वा पश्चिमा सोचले प्रेम-विवाहको पक्ष अलि बलियो भेटिन्छ | त्यैपनि ब्यबहारमा भने आज पनि मांगीविवाह नै बढी छ भन्ने मेरो विश्वास छ |

मैले भनिसकें पतिपत्नी बन्नका लागि विवाह नै गर्नुपर्छ भन्ने मान्यता हिन्दूहरूको संस्कारको एउटा अभिन्न अंग हो | त्यसैले विवाहपूर्व प्रेममा रहेका युवक-युवतिले पनि “प्रेम विवाहमा परिवर्तित” हुनुपर्छ भन्न मान्यता राखन् | जतिनै प्रगतिशील वा यौनस्वातान्त्रयका पक्षधर भए नेपाली समाजबाट “विवाहप्रतिको आस्था” मेटिएको छैन | कहिलेकाहीं त बालबालिका जन्मिएपछि पनि विवाह गरेको सुनिन्छ |

पतिपत्नी बन्न स्वीकार्नुको अर्थ सन्तान जन्माउन स्वीकार गर्नु र परिवार सहित समस्त विश्वको नेतृत्व (दायित्व) स्वीकार गर्छौं भन्ने धार्मिक, सांस्कृतिक तथा सामाजिकीकरणप्रति स्वीकृति जनाउनु हो | विवाहसंग असहमति राख्नेहरू धेरैजसो मान्छेहरू धार्मिक, सांस्कृतिक तथा सामाजिक दायित्वहरूबाट सधैं जोगिने प्रयत्न गर्छन् | विवाहेतर अवस्थामा बालबच्चाको जन्म हुनु भनेको काकताली नै हुन्छ | पश्चिमा “लिभिंग-टुगेर” मानकीय दायित्वहरूबाट पन्छिन चाहने मनोरोगीहरूको यौनजन्य संझौता हो |

आजभोली यौन र प्रेमको अन्तर मेट्नेहरूको जमात बढ्दो छ | यो राम्रो संकेत होइन | यदि यौन र प्रेमको सीमा रेखामा यौनाचार हावी भयो भने सामाजिक नैतिकता ध्वस्त हुन्छ | अभिभावक तथा शिक्षकहरूले अत्यन्त सावधानीपूर्वक यो सीमा रेखाका विषयमा आफ्ना केटाकेटीसंग कुरा गर्नैपर्छ |

पश्चिमा पतिपत्नीका विचमा एउटा ठूलो समस्या उनीहरुकै सोचका कारण विकसित भएको छ | अहिले त्यो संस्कृति नै बनेको छ | उनीहरू यौनजन्य क्रियाकलाप अर्थात् सम्भोगलाई नै “प्रेम” ठान्छन् | मनोचिकित्सक फ्राइडले एस्तो संस्कृति विकास गर्न मलजल गरेका हुन् | कुनै पनि हिन्दूले “आमालाई देखेर यौनजन्य भावनाले मन पोल्यो” भनेजस्तो विकृत चेतना विकसित गर्नै सक्दैन | उनीहरूको प्रेम किनभने यौनजन्य क्रियाकलापमा मात्र टिकेको हुन्छ, फलत: खण्डित हुन [पनि वेर लाग्दैन |

पतिपत्नीको सम्बन्ध दायित्वका आधारमा निर्धारित हुन्छ | धेरै दायित्वहरू मध्ये यौनजन्य क्रियाकलाप पनि दायित्व नै हुन्छ | रमाइलोका लागि होस् अथवा सन्तान जन्माउन पतिपत्नीका विच यौनजन्य क्रियाकलाप हुनैपर्छ तर यौनजन्य क्रियाकलाप मात्र नै “पतिपत्नी” हुनु हो भन्ने सोच पश्चिमा जीवनशैलीले पनि खण्डन गर्छ | लिभिंग-टुगेदर तथा बोय-फ्रेन्ड वा गर्ल-फ्रेन्डको प्रवृतिको विकास पतिपत्नीका रूपमा निर्वाह गर्नुपर्ने दायित्वबाट जोगिन भएको हुनुपर्छ | नेपालमा पनि स्वतन्त्रता र मानवाधिकारको नाममा यौनजन्य स्वच्छन्दता बढ्दैछ |

पतिपत्नी र स्वच्छन्द यौनाचार गर्नेहरूलाई “अधिकार”का नाममा एकै श्रेणीमा राख्न उचित हुँदैन | यौनाचार गर्नेहरू दायित्वबाट मुक्त रहन चाहन्छन् | अवान्छित गर्भ, लोकाचारप्रति असम्मान तथा मातापिताहरूप्रति असहमति यी सबै विषय स्वछन्द यौनाचारका उदाहरण हुन् | ऋषि बात्स्यायन्ले प्रेम-विवाह स्वीकार गरेका छन् तर हरेक प्रेमविवाहमा पारिवारिक स्वीकृति हुनुपर्नेमा उहाको जोड छ | सामाजिक, सांस्कृतिक तथा धार्मिक स्वीकृतका अभावमा प्रेमालाप कुण्ठित हुन्छ र प्रेम-सम्बन्ध पनि पूर्णविकसित हुन सक्दैन |

यदि यौनाचार नै प्रेम भएको भए बलात्कारआदि असंस्कृत यौनाचार पनि प्रेम नै हुन्थे | प्रेम र यौनमा यही फरक हो |बलात्कारीहरू प्रेमी हुनैसक्दैनन् | वेश्यावृत्तिमा यौनाचार नै एकमात्र अभिरुचिको विषय हुन्छ | पतिपत्नीको प्रेम गाढा हुन नियमित यौनक्रिया आवश्यक हुन्छ तर यौनक्रियाकलाप हुँदा पतिपत्नीको सम्बन्ध नै समाप्त हुन्छ भन्ने सोच र चिन्तन अब्यबहारिक हो | हलिवुड तथा कलिवुडका नायक-नायिकाहरू विवाह गर्ने घोषणा गर्छन् र आफु एकअर्काको लागि निर्मित भएको दावी गर्छन् तर ती अधिकांशको विवाह धेरै टिक्दैन | त्यहाँ प्रेम भन्दा पनि अन्य विषयहरूले काम गरेको हुन्छ |

किन एउटा साधारण व्यक्तिको बैवाहिक जीवन मृत्युपर्यन्त जीवन्त रहन्छ र किन एउटा विश्वप्रसिद्ध नायिकाले विवाह गरेको चार-पांच महिना नपुग्दै पारचुके लिन्छन् ? मानवाधिकारवादीहरूका आफ्नै आँखा होलान् तर पुगेसरी व्यक्तिहरूका वैवाहिक सम्बन्ध टुक्रिनुमा तिनको अहंकार, स्वच्छन्द यौनाचार तथा असम्मानको भावना नै जिम्मेदार हुन्छ | उनीहरूको विवाह प्रेम तथा कर्तब्यपालनका लागि कम र आफ्नो अहंकार तथा यौनाचारलाई संस्थागत गर्न बढी केन्द्रित हुन्छ | यस्ता विवाहहरूमा संझौता बढी र समर्पण अत्यन्त कम हुन्छ | विश्वास, समर्पण, सेवा तथा क्षमाका नभएको विवाहको कुनै गन्तब्य हुँदैन |

हामी मान्छेको शरीर नै यौनजन्य क्रियाकलापको फल हो | तेसैले यौनजन्य क्रियाकलाप पाप होइन | यदि यही क्रियाकलाप कन्या वा पुरुषको चाहना/ इच्छा तता सहमति विना गरिन्छ भने तेसले मृत्युदण्ड पाउनुपर्छ भन्ने शास्त्रहरूको स्पस्ट आदेश छ | विवाह संस्थाले यौनाचारमा अंकुश लगाउँछ | ऋषि वात्स्यायनले एकदम स्पष्ट रूपमा विवाहपछि पनि यौनजन्य क्रियाकलाप “सहमति” मै हुनुपर्छ भनेको कामसूत्रमा पढ्न सकिन्छ | विवाह बलात्कार गर्ने पाउने लाइसेन्स होइन | विवाह त प्रेम, सामाजिक उत्तरदायित्व तथा नैतिकतापूर्वक यौनउपभोग गर्ने रितिरिवाज हो | विवाह-संस्थाप्रतिको अविश्वासले यौनाचारमा बृद्धि गर्छ |

प्रेमले अपेक्षा राख्दैन तर कामले सधैं अपेक्षा राख्छ | विवाहले प्रेम र कामका विचमा विवेकको प्रयोग गर्न मदत गर्छ | विवेकहिनताले स्वच्छन्दता नित्याउँछ भने प्रेमले स्वतन्त्रता र सहृदयता | कामसूत्रको यौन-मूलक ब्याख्या गर्नेहरू प्रेम होइन वासनाको कृत्यले प्रेरित हुन्छन् भने कामसूत्रलाई “काम, धर्म र अर्थ”को रूपमा बुझ्नेहरू असली प्रेमी हुन्छन् | प्रेमको सीमा हुँदैन तर कामको सीमा हुन्छ, यो सीमा नाघ्नेहरू पतीत हुन्छन् | एस्तो पटनलाई मानवाधिकारको सङ्ग्लोले बाँधेर जतिनै वैधानिकता दिन चाहे पनि अर्थ राख्दैन |

विवाह, प्रेम तथा यौन-जीवनका सम्बन्धमा पश्चिमा प्रतिमानहरू नेपाली सामाजिक तथा सांस्कृतिक जीवनमा हावी हुँदै जाँदा हामी नेपालीहरूका रैथाने मूल्यहरू संकटमा परेका छन् | यौन, प्रेम तथा विवाहको कुरा गर्दा हामीले सधैं हाम्रो आफ्नो रैथाने मत कि “भोजनका बखत पत्नी आमाको भूमिकामा, असजिलो बेलामा मित्रको, यौनजन्य क्रियाकलापको बखतमा पत्नीको र धर्मकर्मको वेलामा अंशियार बनेर आफ्नो भूमिका निर्वाह गर्छिन् | पतिले पनि एही अनुकुलको ब्यबहार गर्नुपर्छ | अहंकारी पतिले प्रेम गुमाउँछन् | शरीरको पति हुन सजिलो छ तर मनको पति हुन प्रेमी नै हुनुपर्छ |

आजभोली यौन र प्रेमको अन्तर मेट्नेहरूको जमात बढ्दो छ | यो राम्रो संकेत होइन | यदि यौन र प्रेमको सीमा रेखामा यौनाचार हावी भयो भने सामाजिक नैतिकता ध्वस्त हुन्छ | अभिभावक तथा शिक्षकहरूले अत्यन्त सावधानीपूर्वक यो सीमा रेखाका विषयमा आफ्ना केटाकेटीसंग कुरा गर्नैपर्छ | उनीहरूले शारीरिक आकर्षणले यौन र मानसिक आकर्षणले प्रेम निम्त्याउछ भन्ने कुरा समय मै बुझ्नुपर्छ | यौन खराव कुरा हो भनेर बुझ्नु/बुझाउनु जति कमसल हो त्यो भन्दा पनि बढी कमसल कुरा यौन नै प्रेम हो भनेर बुझ्नु पनि हो | विवाह प्रेमको उत्स हो भने विवाहपछिको सहमतीय यौन प्रेम वर्धन गर्ने बलियो साधन हो | यो कुरा हामी सबैले बुझ्नु र बुझाउनु पर्छ |

पतिपत्नी एकअर्काका पूरक हुन्, प्रेम उनीहरूको जीवनको उत्कर्ष हो भने यौन-ब्यबहार यो उत्कर्षलाई पुनर्जीवन दिने धेरै क्रियाकलापहरू मध्ये एउटा हो | पत्नीले पतिको र पतिले पत्नीको इच्छा विपरित यौनाचार गर्नु बलात्कार नै हो – भन्ने मनु तथा बात्स्यायनका बचनहरूलाई सधैं स्मरण गरौँ | प्रेमी बनेर यौनब्यबहार गरौँ अहंकारी मालिक बनेर होइन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here