पहिलो चरणमा ६५ प्रतिशत मतदान, बाजुरामा सबैभन्दा बढी

0
1216

१० मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधीसभाका लागी ३२ जिल्लामा आइतबार सम्पन्न निर्बाचनमा ६५ प्रतिशत भन्दा बढी मतदान भएको निर्बाचन आयोगले जनाएको छ ।

मतदान सम्पन्न भएपछिको बिशेष पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले सबैभन्दा बढी बाजुरामा ८० प्रतिशतसम्म मत खसेका जानकारी दिए । छिटफूट घटनाबाहेक ४ हजार ४६५ मतदान केन्द्रमै मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको भन्दै उनले खुशी व्यक्त गरेका छन् । यद्यपी दुई मतदान केन्द्रको मतदान भने सरेको आयोगले जनाएको छ । रूकुमको बाफीकोटको रत्न मावि ‘क’ केन्द्र र रूकुमकै आठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुनेछ । रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान फेरि गरिने छ । मतदानसम्पन्न भएका स्थानमध्ये उच्च हिमाली र बिकट क्षेत्रबाहेक सबै मतपेटिका आइतबार राति नै जिल्ला सदरमुकाम लगिने आयोगले जनाएको छ । मतगणना भने दोस्रो चरणको निर्बाचन सम्पन्न भएपछि मंसिर २१ पछि नै गरिने यसअघि नै सहमति भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here