त्रासकाबीच उत्साहजनक मतदान

0
1158

१० मंसिर,काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३२ जिल्लामा भइरहेको निर्बाचनमा मतदाताको सहभागिता उत्साहजन देखिएको छ । निर्बाचन भइरहेका कतिपय क्षेत्र आसपासमा बम बिस्फोटका घटना भएपनि मतदाताको सहभागिता उत्साहजनक भएको निर्बाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेसम्म औषत ५५ प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदान भइरहेको छ । ३१ लाख ९१ हजार ९४५ मतदाता रहेको यो निर्बाचनले ७ सय २ जना उम्मेद्वारको भाग्यको फैसला गर्नेछ । आयोगका अनुसार अहिलेसम्म छिटफुट घटनाबाहेक निर्बाचन शान्तिपूर्ण र उत्साहपूर्बक जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here