शरणार्थी शिविरमा महिला हिंसा अन्त्य दिवश आज देखि शुरु

विश्वमा हरेक ३ जना महिलामध्ये १ जना हिंसामा

0
5227

विश्वमा हरेक ३ जना महिलामध्ये १ जना हिंसामा

डिकेश लामा/ ०९ मंसिर २०७४
बेलडाँगी/ कुनै एकलाई पछाडि नछौडौं, महिला तथा किशोरी हिंसाको अन्त्य गरौं भन्ने नाराका साथ भूटानी शरणार्थी शिविरमा शनिबार देखि १६ दिने महिला हिंसा विरुद्धको अभियान कार्यक्रम शुरु भएको छ ।
अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवशको अवसर पारी विश्व भर महिला हिंसा विरुद्ध तयार गरिएको नारालाई आत्मासाथ गर्दै १६ दिने अभियान शुरु गरिएको हो । महिला हिंसा अन्त्य गरौं, महिला अधिकार कार्यान्वयन गरौं, नारी पुरुष बराबर जस्ता प्ले कार्ड बोकेर ठूलो संख्यामा र्याली सहित नारा लगाउँदै शिविर क्षेत्र परिक्रमा गरिएको छ । शिविर सचीव टिका राम रलाइलीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि यूएनएचसीआरकी दमक शाखा प्रमुख आन्ना पेलासीले विश्वमा हरेक ३ जना महिलामा एक जना महिला हिंसा पर्ने गरेको बताउनु भयो । पेलोसीले महिला हिंसा परेका कुनै एकलाई पनि नछोडी अगाडि बढे यस वर्षको महिला हिंसा विरुद्धको अभियान सार्थक बन्ने समेत बताउनु भयो । 

हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाइने यो कार्यक्रममा विश्व लुथरन फेडरेशन, यूएनएचसीआर, विश्व खाद्य कार्यक्रम, क्यारिटस नेपाल, नेपाल बार एशोशिएसन, टिपीओ नेपाल, भूटानी महिला मञ्च, भूटानी शरणार्थी अपाङ्ग संघ, शिविर व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले महिला हिंसा विरुद्ध एक हुनु पर्ने बताउनु भयो ।
कार्यक्रमको पहिलो दिन दातृ निकाय, शरणार्थी समूदाय र स्थानीय समूदायको ६ वटा टिमबीच मैत्रीपूर्ण फुटवल खेलको समेत आयोजना गरिएको खेलका संयोजक फेन्स क्लव भूटानका अध्यक्ष युवराज राईले बताउनु भयो । खेलमा स्थानीय समूदायले विजय हात पारेको छ । पछिल्लो समय भूटानी शरणार्थी शिविरभित्र हुने विविध कार्यक्रममा स्थानीय समूदायको सहभागिताले दुवै पक्षबीच थप प्रगाढ सम्बन्धको विकास हुँदै गएको बुद्धिजीविहरु बताउनु हुन्छ ।

See live video report by Dikesh lama

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here