बाँकी रहेका शरणार्थीलाई स्वदेश फर्काउन माग

0
3183
Memorandum of National Reconciliation Commitee Bhutan

१७ कार्तिक २०७४
बेलडाँगी/ शरणार्थीको अन्तिम समाधान स्वदेश फिर्ती भएको भन्दै बाँकी रहेका शरणार्थीलाई स्वदेश फिर्ती गराउँन माग गरिएको छ । तेस्रो मुलुक पुनर्वास पछि बाँकी रहेका इच्छुक शरणार्थीलाई राष्ट्रिय पूर्नमिलन समिति भूटानले आज शरणार्थी सम्बन्धी सँयक्त राष्ट्र संघीय उच्च निकायको मुख्य कार्यालय जेनेभालाई ज्ञापन पत्र मार्फत सो माग गरिएको हो ।
शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वास प्रकृयामा सहभागी हुन नचाहेका अधिकांश शरणार्थीहरु शिविरमा रहेकाले अव उनीहरुको समस्या सुनवाईमा गम्भीरता देखाउनु पर्ने समितिका अध्यक्ष कृष्णविर तामाङले बताउनु भयो । पत्र दमकमा रहेको यूएनएचसीआरको कार्यालय र इमेल मार्फत पठाइएको समितिले जानकारी दिएको छ । पत्रमा भूटानी शरणार्थीहरुलाई तेस्रो मुलुक पुनर्वास गरेर धेरैका समस्यामा सहयोग गरेको प्रति समितिले धन्यावाद प्रकट गरेको छ । आफ्नो देश फर्कन इच्छुक भूटानीलाई भूटानले पनि अव फिर्ता लानु पर्ने र त्यसका लागि निकायले विशेष सहयोग दिन माग गरिएको छ ।

पछिल्लो समय तेस्रो मुलुक पुनर्वास पछि भूटानी शरणार्थी शिविर वेलडाँगी र पथरीमा करिव ९हजार हाराहारीमा मात्र भूटानी शरणार्थीहरु रहेको यूएनएचसीआरले जानकारी दिएको छ ।

Reparation banner of movement last year

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here