ब्रेन स्ट्रोकले लग्यो गुरुङको ज्यान: बालबच्चा भए अभिभावकबिहिन

0
1253

      चिकित्सक क्षेत्र मार्फत जनसमुदायलाई सेवा गर्दै आउनुभएको अमेरिकन भुटानी समुदायका एक बौद्धिक तथा समाजसेवी डा. सहबहादुर गुरुङ भौतिक शरिर त्यग गरि परलोक हुनु भएको दुई, अढ़ाई  महिना नबिद्दै उनको श्रीमती देउ कुमारी गुरुङको पनि हिजो कार्तिक १५, २०७४ रातको ८:४७ बजे मृत्यु भएको छ | आफन्त भेटघाटमा नेब्रास्का पुगेकी कुमारी, ब्रेन स्ट्रोकको कारण नेब्रास्काको ओमाहा सहरमा उनको देह लीला समप्त भएको हो |

देउ कुमारी साथमा श्रीमान स्व. डा. शाह बा. गुरुङ र छोरा-छोरी (तस्बिर – सामाजिक सञ्जाल )

उनको यो मृत्यु अत्यन्तै ठूलो आपत्ति भएर आएको छ | छोरी योगती (१७) र छोरा शेसम(११) अभिभावकबिहिन बनेका छन् र उनीहरूलाई बज्रपात यो छ कि अब उसो घरको बहाल, पढाई खर्च, रेखदेख कसले गर्ने ! सम्भवतः यहि यथार्थलाई मध्यनजर गरेर भूटानी अमेरिकन गुरुङ समाजले उनीहरूको लागि पढाई खर्चको लागि आफन्त र शुभचिन्तकहरूबाट आर्थिक सहयोग संकलन सुरुगरेको छ |

मोरङको शनिश्चरेस्थित शरणाार्थी शिबिरबाट अमेरिका पुनर्वास हुनुभएका डाक्टर गुरुङ परिवार अमेरिकाको ओकल्याण्ड, लिफोर्नियामा बस्दै आएको छ | बाचुन्जेल यी दम्पतीले मानब सेवामा निवार्थ समय खर्चेका छन् | त्यसैले यो घटनाले अमेरिकन भुटानी समुदाय समेतलाई ठूलो क्षति भएको छ |

शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै, हामी भन्छौं यो शोकको घडीमा शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ती इश्वरले प्रदान गरुन र उनको आत्माले चिर शान्ति प्राप्त गरोस् |

(नोट: सहयोग गर्न इच्छुक महानुभावहरुले यो लिंक मार्फत आर्थिक सहयोग गर्न सक्नुहुने छ  | – सम्पादक https://www.gofundme.com/help-raise-gurung-children)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here