९ जना मृतक भूटानीको नाममा सामुहिक काजक्रिया र पूजा सम्पन्न

दुःख दिने मृतआत्माको नाममा पूजा

0
5157

दुःख दिने मृतआत्माको नाममा पूजा
कार्तिक १८ गते २०७४/डिकेश लामा  बेलडाँगी/ अति जोखिममा परेका १६ घर परिवारको क्षेत्रमा मृत्यु भएका ९ जना भूटानीको नाममा शनिबार सामुहिक पूजा तथा काजक्रिया सम्पन्न भएको छ । एक बर्ष नवित्दै ९ जनाको ज्यान गएकोले त्यस क्षेत्रमा बस्ने सर्वसाधारणले मृतकको आत्माले दुःख दिएको भन्ने सोच राख्दै आएकोले मनमा शान्तिका लागि पूजाआज गरिएको शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो । असाहय र एक्लिएका भूटानीहरुको मृत्यु पछि काजक्रिया गर्ने आफन्त नएकाले मृतात्माको नाममा धार्मिक विधि अनुसार ९ जनाको नाममा ७ जना लामा पढाएर सामुहिक काजक्रिया र पूजा गरिएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज राईले बताउनु भयो ।

    १३ दिन अघि अचेत अवस्थामा इलाका प्रहरी कार्यालय दमकले दमकको क्याम्पस मोडमा भेटेर उपचारका लागि दमकको आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका मण्डल विष्णु घलेको घरमा सामुहिक पूजा गरिएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ । मरे पछि संस्कार अनुसार काज क्रिया नगरेकोले मृतकको आत्माले दुःख दिएको पूजामा सहभागी लामा गुरु कोर्जे लामाले बताउनु भयो ।

 
   शिविर व्यवस्थापन समितिको संयोजनमा भएको पूजामा स्थानीय शिविरवासी तथा तेस्रो मुलुकमा रहेका भूटानीहरुले आर्थिक सहयोग गरेको बताइएको छ । यस अघि फोहोर मैलाका कारण विरामी भएर मृत्यु हुने संख्या बढेको भन्दै सो क्षेत्रमा शिविर व्यवसथपन समितिको अगुवाईमा सामुहिक सरसफाई समेत गरिएको थियो । भूटानी शरणार्थी शिविर वेलडाँगीमा तेस्रो मुलुक पूनर्वासले गर्दा एक्लिएर मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । अति कष्टकर जिवन विताईरहेका शरणार्थीहरुले काजक्रिया गर्ने नपाउने अवस्थाको अन्त्यको दिन कहिले आउँछ हरेक दिन यो प्रश्नको उत्तर भूटानी शरणार्थीहरुले खोजिरहेका छन् ।

see live video story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here