कर्फ्यूकाबीच बिर्तामोड तनाबग्रस्त, प्रहरीको गोलीबाट एकको मृत्यु (भिडियोसहित)

0
1295

१० कात्तिक, काठमाण्डौं । दशैंको टीकाका बेला हत्या गरिएका झापाको अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीका आफन्तले हत्यारालाई कार्बाहीको माग गर्दै निकालेको र्‍यालीमा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ । अन्य ७ जना गम्भीर घाइते भएका छन् । उनिहरुको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

शिवाकोटी हत्याको विरोधमा बिर्तामोड बजार बन्दको आह्वानसहित निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएपछि र्‍यालीमा सहभागीले प्रहरीमाथी ढुंगा प्रहार गरेका थिए । शनिश्चरे रोडबाट इस्कर्टिङकै बिचमा विर्तामोडको मुक्ति चोकमा पुगेको र्‍यालीलाई प्रहरीले नै रोकेपछि तनाव सृजना भएको थियो । सुरुमा अश्रु ग्याँस चलाएर भिड तितरबितर पार्न खोजेको प्रहरीले गोली समेत चलाउँदा अर्जुनधारा नगरपालिका ११ का नरेश थापाको मृत्यु भएको छ । अश्रुग्याँस र गोलाबारीबाट पनि अवस्था सामान्य नभएपछि जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबार दिउँसो साढे १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूपछि पनि अवस्था सामान्य भएको छैन । कर्फ्यूकाबीचमै प्रहरीको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएको खबरले भिड थप अनियन्त्रित हुन सक्ने भन्दै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिदा पनि हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै शिवाकोटीका आफन्तले शुक्रबार विर्तामोड बन्द गरी दबाब दिइरहेका छन् ।

                                   यसरी भयो भिडन्त भिडियोमा हेर्नुहोस्

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here