बालक हत्याको बिषयले बिर्तामोड तनाबग्रस्त, प्रहरीको गोलीपछि कर्फ्यू

0
1195

१० कात्तिक, काठमाण्डौं । बालक हत्याको विरोधमा निकालिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झापाको बिर्तामोड तनाबग्रस्त भएको छ ।

शान्तिपूर्ण र्‍यालीमा प्रहरीले गोली समेत चलाएपछि सर्बसाधारणमा त्रास फैलिएको छ ।  शनिश्चरे रोडबाट इस्कर्टिङकै बिचमा विर्तामोडको मुक्ति चोकमा पुगेको र्‍यालीलाई प्रहरीले नै रोकेपछि तनाव सृजना भएको हो । प्रहरीको अवरोधलाई छिचोलेर र्‍याली अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज तथा गोली प्रहार गरेपछि सर्वसाधारणले ढुंगा हानेका थिए । प्रहरीले गोली नै चलाए पनि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न अश्रुग्याँस मात्र प्रहार गरेको बताएका छन् । गोली प्रहार तथा अश्रुग्याँस लागेर कति जना घाइते भए भन्ने यकिन हुन सकेको छैन । दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिदा पनि हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै शिवाकोटीका आफन्तले शुक्रबार विर्तामोड बन्द गरी दबाब दिइरहेका छन् । यसैबीच अश्रुग्याँसपछि पनि स्थिति नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रशासनले  दिउँसो साढे १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

भिडियो हेर्न क्लिक गर्नुहोस्

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here