यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार

0
3315

१ कात्तिक, काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज आज घर–घरमा सुरक्षा गर्ने कुकुरको पूजा गरेर कुकुर तिहार मनाइदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिएर पूजाआजा गर्दा यमराजको ढोकाका द्वारपालका रुपमा रहेका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने जनविश्वास अनुरुप कुकुरको पूजा गरिने प्रचलन छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

नरक चतुर्दशी

आजै नरक चतुर्दशी पनि मनाइदैछ । बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक नुहाउने गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here