आज पेन्सिलभेनियामा ७० ओटा कुकुरका सामुहिक पूजा सम्पन्न

भूटानीहरु अमेरिका पुगेसँगै नेपाली चाड पर्व मान्ने चलन बढ्यो 

0
5438

भूटानीहरु अमेरिका पुगेसँगै नेपाली चाड पर्व मान्ने चलन बढ्यो 

कार्तिक १ गते, २०७४ /डेस्क समाचार

        पेन्सिलभेनिया/ नेपाली भाषी भूटानीहरु विश्वका आठ ओटा मुलुकमा पुनर्वास भएसँगै नेपाली चाडपर्वका संस्कार संँस्कृति समेत वढ्न थालेका छन् । आज कुकुर तिहारका दिन अमेरिकाको पेन्सिलभेनियामा पर्ने स्कारटन सिटीको किनेडी इलिमेन्ट्री स्कुलका अभिभावकहरुले सामुहिकरुमा ७० ओटा कुकुरका पूजा गरेका छन् । त्यहाँका अमेरिकीबासीहरुका समेत संलग्नतामा ७० ओटा कुकुरुहरुको सामूहिक पूजा गरिएको अमेरिकामा पुगेका भूटानी संचारकर्मी डेविट राईले जानकारी दिनु भएको छ । स्कुलमा नेपाली भाषी विधार्थीहरुको समेत सहभागिता रहेकोले नेपालीहरुको चाडपर्वलाई सम्मान स्वरुप सामूहिक कुुकुर पूजा गरेको स्कूलका नेपाली भाषी शिक्षक टेक पाण्डेले बताउनु भयो । कुकुरलार्ई सयपत्री फुलको माला लगाएर मिठो र राम्रा राम्रा खानेकुरा दिएर सामूहिकरुपमा एकसाथ ७० ओटा कुकुरको पूजा गर्दा धेरै राम्रो रमाईलो लागेको सो कार्यक्रमका सहयोगी किशोर पाण्डेले बताउनु भयो । 

 

 

 
नेपालीहरुको सँस्कृति स्कूलमा सवै मिलेर गरेकोमा स्कूलका प्रिन्सिपल नाथन व्यारेटले समेत खुशी व्यक्त गर्नु भयो । दुईसय हाराहारीका विभिन्न भाषा बोल्ने र सँस्कृतिहरु मान्ने अभिभावकहरुको उपस्थितिमा कुकुरको पूजा गरेर नेपाली सँस्कृतिलाई थप उच्च बनाउने कार्य गरेको स्कारटन किराँत समूदायका सचीव कर्ण राईले बताउनु भयो ।
पछिल्लो समय विश्वमा स्थानान्तरण भएका १ लाख ९ हजार हाराहारीका नेपाली भाषी भूटानीहरुले नेपाली समूदायमा मान्ने मुख्य चाड पर्वलाई पनि उनीहरु वसेको स्थानमा विशेष महत्वका साथ मान्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here