प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बिस्तार, कानुनी परामर्शपछि मात्र सपथग्रहणःराष्ट्रपति

0
894

२७ आश्विन, काठमाडौँ । चुनावी आचारसंहिताविपरित प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गरेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले कानुनी र निर्बाचन आयोगको परामर्शपछिमात्र सपथग्रहणबारे आवश्यक निर्णय लिने भएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका सांसदहरुलाई शुक्रबार मन्त्रिपरिषदमा थप गर्न सिफारिश गरेकोबारे निर्वाचन आयोग र कानुनविद्सँग परामर्शपछि सपथ ग्रहणबारे राष्ट्रपतिको कार्यालयले निर्णय लिने बुझिएको छ । आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाद्वारा यसअघि गरिएका मन्त्रिमण्डल बिस्तारलाई समेत आचारसंहिता विपरीत भएको भनिएपनि नरोकिएको र त्यसैको आडमा देउवाले पटक-पटक सरकार विस्तार गरेपछि राष्ट्रपतिले सक्रियता बढाएकी हुन् । यद्यपी प्रधानमन्त्री देउवाले भने मन्त्रिपरिषद्मा थपिएका सदस्यहरुको नामावली राष्ट्रपतिलाई बुझाउँदै शनिबारै सपथ खुवाउन आग्रहसहितको पत्र पठाएका छन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here