वेलबारीले जित्यो धनकुमार तथा विष्णुमाया स्मृति कप

0
3605

अशोज २८ गते / डिकेश लामा

बेलडाँगी / भूटानी शरणार्थी शिविर पथरीमा जारी धनकुमार तथा विष्णुमाया राई स्मृति अन्तर क्लव फुटवल खेलको आज भएको फाईनल खेलमा एकता क्ल
व विराटचौकलाई १ गोलको विरुद्ध २ गोल गर्दै वेलबारी फुटवल क्लवले विजय हात पारेको छ ।

खेलमा विजयी टीमका जर्सी नम्बर १० का शेखर लिम्बु १७ मिनेटमा १ गोल गरे । यसैगरी खेल भएको ६१ मिनेटमा एकता टीमको तर्फबाट जर्सी नम्बर ११ का रमेश राईले जवाफी गोल फर्काएका थिए । अति प्रतिस्पर्धात्मकरुपमा भएको खेलमा विजेता टीमको तर्फबाट ६८ मिनेटमा जर्सी नम्बर ५ का निरज बस्नेतले प्रहार गरेको गोल नै खेल नजिताका लागि निर्णायक गोल बनेको खेलका मुख्य रेफ्री माधव लिम्बुले बताउनु भयो ।

खेलमा विजयी टिमका निरज बस्नेतलाई म्यान अफ द म्याच र वेष्ट प्लेयरको उपाधीले नगद ३५ सय र ट्रफी कार्यक्रमका समापति शिविर सचीव चम्पासिंह राईले हस्तान्तरण गर्नु भयो

। खेलमा उपविजेता टिम एकताका सन्तोष पोखरेलले हाई स्कोररको उपाधी प्राप्त गर्नु भएको छ ।
झापा र मोरङ्गका ८ वटा फुटवल क्लवको सहभागिता रहेको
खेलमा विजेता वेलबारी र उपविजेता विराटचौकलाई क्रमश नगद रु ४१ हजार र २१ हजार तथा प्रमाण पत्र ट्रफी, मेडल समापन कार्याक्रमका प्रमुख अतिथि पथरी शनिश्चरेका उपमेयर यमुना विष्टले प्रदान गर्नु भयो । खेलको समापन कार्याक्रममा उपस्थित हुनु भएका खेलमा सहयोग पु¥याउने मुख्य र सहायक रेफ्री क्रमशः माधव लिम्बु, छत्र मगर र याकुप राई सहित अन्य सहयोगीहरुलाई समेत मायाको चिनो आयोजक नव उदय कला केन्द्रका अध्यक्ष करण चाम्लिङ्गले प्रदान गर्नु भएको आयोजक समितिका सचीव हर्क राईले बताउनु भयो ।

Referee team and Team captain

यस खेल संचालनका लागि अमेकिाको विभिन्न स्टेट, अन्य मुलुक र स्थानीय क्षेत्रबाट समेत ठूलो सहयोग प्राप्त भएको मृतक समाजसेवीका भाइ ईन्द्र राईले बताउनु भयो ।

Supporter name list and Rupees provided by orgranizer

उपचारको क्रममा विराट नगर हिडेका दम्पतिलाई ग     एको पुस महिनाको १३ गते ट्रकले किचेर मृत्यु भए पछि समाजसेवी मृतक दम्पतिको नाममा यो पहिलो पटक खेल खेलाएको आयोजक नव उदय कला केन्द्रका सचिव हर्क राईले बताउनु भयो । स्वर्गीय धनकुमार राई खेल आयोजना गर्ने केन्द्रका अध्यक्ष, किरात राई धार्मिक समूदायका अगुवा नेतृत्व, शिविर व्यवस्थापन समितिका लामो समय सेक्टर हेड भएर कार्य गर्नु भएको तथा कुशल फुटवल खेलाडी समेत भएको मृतकका कान्छा भाइले समापन कार्याक्रममा मृतकको जिवनी प्रस्तुत गर्नेक्रमा बताउनु भयो ।

मृतक परिवारको आमा बुवाको देहान्त भइसकेको र दुई छोरी अमेरिका तथा एकजना भूटानी शरणार्थी शिविर वेलडाँगीमा बस्दै आउनु भएको परिवार स्रोतले जानकारी दिएको छ ।

Winnner Belbari FC
Runner Ekata Club Biratchock

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here