आयोजकलाई हराउँदै लेटाङ्ग युवा क्लव विजयी

0
3325

अशोज २३ गते / डिकेश लामा  
बेलडाँगी / भूटानी शरणार्थी शिविर पथरीमा जारी धनकुमार तथा विष्णुमाया राई स्मृति अन्तर क्लव फुटवल खेलको आज भएको दोस्रो खेलमा आयोजक नव युवा कला केन्दलाई हराउँदै लेटाङ्ग फुटवल क्वल विजयी भएको छ । खेलको निधारित समयमा कुनै पनि टिमबाट गोल हुन नसके पछि खेल ट्राइव्रेकरमा पुगेको थियो । ट्राइव्रेकरमा आयोजकलाई ३ गोलको विरुद्ध ४ गोल गर्दै लेटाङ्ग क्लवले विजय हात पारेको हो । आजको खेलमा पराजित टिमका जर्सी नम्बर १ का गोल किपर छिरिङ्ग तामाङलाई म्यान अफ द म्याचको उपाधीबाट आयोजक संस्थाका अध्यक्ष करण चाम्लिङ्ग राईले नगद १

 हजार र ट्रफी प्रदान गर्नु भयो । मृतक राई दम्पतिको गएको पुष १३ गते दुर्घटनामा परि मृत्यु भएको थियो ।

शरणार्थी समाजमा कुशल सामाजिक कार्य गरेको प्रति उहाँहरुको स्मृतिमा खेल आयोजना गरिएको आयोजक समितिका सचीव हर्क राईले बताउनु भयो । खेल संचालनका लागि तेस्रो मुलुक अमेरिका पुनर्वास भएका लक्ष्मण राईले नगद रु ३० हजार, बल राई २९ हजार ३ सय ८४, कौशिला साम्पाङ्ग राई २० हजार प्रदान गर्नु भएको छ । यसै गरी अमेरिकामा रहँदै आउनु भएका विर्ख राई, संचारकर्मी डेविट राई १०/१० हजार सहयोग गरेको आयोजक समितिले जानकारी दिएको छ । यता पथरी शनिश्चरे वडा नं. १० मा बस्ने समर राईले पनि १० हजार सहयोग उपलव्ध गराउँनु भएको छ भने सहयोग गर्ने दाताहरुलाई आयोजकले कार्याक्रमवीच कृतज्ञता समेत प्रकट गरेको छ । 

झापा र मोरङ्गका ८ वटा फुटवल क्लवको सहभागिता रहेको खेलमा प्रथम र दितीय टीमलाई क्रमश नगद रु ४१ हजार र २१ हजार तथा प्रमाण पत्र ट्रफी, मेडल प्रदान गरिने आयोजक समितिका खेल संचालनका चौथो जानकारी अफिसर तथा वेलडाँगी शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज राईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here