टेनिसीमा दशैं तिहार विशेष कार्यक्रम सम्पन्न

फर्केर हेर्दा नामक भूटानी विषयको पुस्तकको पनि विमोचन

0
6282

फर्केर हेर्दा नामक भूटानी विषयको पुस्तकको पनि विमोचन
अशोज २३, २०७४ Newsdesk
नेपाली कला, साहित्य र संगीतको संरक्षण गर्ने उद्देश्यका साथ अमेरिकाको टेनिसी स्टेटको नास भेली सिटीको हिल्स व्रो हाई स्कूलमा भूटानी तथा नेपाली समूदायले आज विशेष कार्याक्रम सम्पन्न गरेका छन् । नेपाली भाषी भूटानी र नेपाली युवाहरुको सँयुक्त आयोजनामा भएको दशैं तिहार विशेष कार्याक्रमकमा नेपालका चर्चित गायकद्वय दिपक लिम्बु र प्रमोद खरेलले उनीहरुको चर्चित गीत गाएका छन् । लिम्बुले मैंले त्यहि भएर मन पराए, मैंले माया गर्दा, मुट माग्यौ तिमीले लगायत ७ वटा गीत गाएर स्टेजलाई तताए भने खरेलले डुवायो पापी मायाले, ओई झुमा, मुश्किल छ पोखरामा लगायतका आधा दर्जन गीत गाएर नेपाली समूदायलाई चाड विशेष मनोरञ्जन दिएको कार्याक्रम आयोजक समितिका सदस्य सहबहादुर दुङमाली राईले बताउनु भयो ।
कार्याक्रममा किरात कम्युनिटी अर्गानाइजेशन अमेरिकाका केन्द्रिय अध्यक्ष सुकमान सुहाङ्गले देव राईले आफू शिविरमा बस्दा र भूटानका भोगाईका विषयमा लेख्नु भएको संस्मरण पुस्तक फर्केर हेर्दाको समेत विमोचन गर्नु भयो । कार्याक्रममा सुहाङ्गले भूटानीहरुले भोेगेका पीडालाई इतिहास बचाउँन सहयोग मिल्ने पुस्तक फर्केर हेर्दाले भोलिका भावी पिढींलाई इतिहास बुझुन योगदान दिने समेत बताएको स्थानीय संचारकर्मी डेभिट राईले जानकारी दिनु भयो यसैगरी कार्याक्रममा स्थानीय कलाकार मेरो डान्स कपका रनर रन्जना राई, नामसाङ्ग सुहाङ, रुपेश राईले समेत गीत गाएर सहभागी ३ सय हाराहारीका दर्शकलाई मनोरञ्जन दिएका थिए । यसैबीच कार्याक्रममा कार्याक्रममा भूटानी शरणार्थी शिविरबाट टेनिसीमा पुर्नवास भएका टीमहरुबीच अघिल्लो दिन एक दिने फुटवल प्रतियोगितामा विजेता र उपविजेता टीमलाई पुरस्कार समेत वितरण गरिएको छ । खेलमा विजेता वेलडाँगी २ र उपविजेता वेलडाँगी १ लाई नगद रु ८६ हजार र ४३ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र मुख्य रेफ्री जितु बस्नेतले वितरण गर्नु भयो । रेफ्री बस्नेतले नेपाली भाषी भूटानीहरुले आफ्नो साँस्कृति पक्ष सँगसँगै खेललाई पनि आफूहरु स्थानान्तरण भएका मुलुकमा पुगेर संरक्षण गरिरहेको बताउनु भयो ।

 

विगत ९ बर्ष अघि देखि पूर्वि नेपालको भूटानी शरणार्थी शिविरहरुबाट अमेरिका पूनर्वास भ
एका १ लाख ५ हजार हाराहारीका नेपाली भाषी भूटानीहरुले नेपाली कला, साहित्य, सँस्कृति र खेल क्षेत्रको प्रवद्र्धन र संरक्षणमा हरेक बर्ष विभिन्न स्थानमा कार्याक्रमहरु गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here