विश्व मानसिक दिवशको अवसरमा वेलडाँगीमा विविध कार्याक्रम सम्पन्न

नेपालमा समेत मानसिक रोगी बढे विश्वमा हरेक ४० सेकेण्डमा १ जनाको मृत्यु

0
2958

नेपालमा समेत मानसिक रोगी बढे
विश्वमा हरेक ४० सेकेण्डमा १ जनाको मृत्यु
अशोज २४ गते / डिकेश लामा
बेलडाँगी / विश्व मानसिक दिवशको अवसर पारेर आज भूटानी शरणार्थी शिविर वेलडाँगीमा विविध कार्याक्रम सम्पन्न भएको छ ।
शरणार्थीहरुको संख्याघटे सँगै भूटानीहरुको कलाकारितालाई जिवन्त बनाउँन कार्याक्रममा शंक व्याण्डले विभिन्न कार्याक्रम गर्दै आज देखि संचालनमा आएको घोषणा गरेको छ । व्याण्डका अध्यक्ष सुमन दिमालीको सभापतित्व तथा अग्रज लोक गायक एलपी जोशीको प्रमुख आथित्यमा भएको कार्यक्रममा व्याण्डले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेको छ ।

    कार्याक्रममा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयुक्तका प्रतिनिधि खेम नेपाल, साहित्कार धनकुटे कान्छा, शिविर सचीव टिकाराम रसाईली, शिविर सुपरिवेक्षक सुरेन्द्र दाहाल, गायक अशोक थापा लगायतले व्याण्डले शुरुवात गरेको साँगितिक माहोलले मानसिक समस्या भएकाहरुलाई समेत सहयोग पुग्ने बताउनु भएको छ । विश्वमा हाल ३ करोड भन्दा धेरै मानसिक रोगी भएको टिपियो नेपालले तयार गरेको प्रतिवेदनलाई कार्याक्रम संचालक चिरन्जीवि राईले प्रस्तुत गर्नु भयो । मानसिक रोगबाट विश्वमा हरेक ४० सेकेन्डमा १ जनाले आत्मा हत्या गर्ने गरेको प्रतिवेदन समेत कार्याक्रममा प्रस्तुत भएको छ ।

कार्यक्रममा व्याण्डका अध्यक्ष समेत रहनुभएका सुमन दिमालीले भूटानबाट भाग्दा र शरणार्थीहरुको पीडालाई समेटेर आफ्नै शव्द संगीतमा गीत गाएर औपचारिकरुपमा व्याण्ड उद्घाटन भएको बताउनु भयो । कार्याक्रममा प्रमुख अतिथि एलपी जोशीले भूटानीहरुको संख्याघटे पनि संगीत प्रतिको मोहले नेपाली साँगितिक क्षेत्रको विश्वव्यापीरुपमा विकास भईरहेको बताउनु भयो ।

कार्याक्रममा भूटानी समूदायकोे समय खेल जगतमा लामो समय कार्य गरेको फेन्स क्लवको बार्षिक अवसर परेकोले सो क्लवको गतिविधीबारे समेत चर्चा परिचर्चा गरिएको थियो । यसैवीच मानसिक दिवशको अवसरमा नेपाल नेपाल रेडक्रस सोसाइटीको दमकको सहयोगमा कार्याक्रम अघि रक्तदान समेत गरिएको छ । शिविरका शिविर सचीव टिकाराम रसाईली सहित अन्य शिविरका अगुवा, विधार्थी, सर्वसाधारण समेतको सहयोगमा ४० जनाबाट रक्तदान भएको कार्याक्रमका सदस्य कृष्ण लिङ्देनले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here