हामी नेपाली भाषी भूटानी हौ । हामी हाम्रो कला, सांहित्य, सस्कृतिमा विश्वाश गर्दछौ – महेसश थुलुंग

0
3842

नेपाली भाषी अमेरिकी भूट्निस हुन् महेश थुलुङ्ग तर सांगीतिक आकाशका लागि उनी साझा नेपाली गायक हुन् | “मुमेन्ट्स” स्रोता तथा दर्शकले अत्यन्तै रुचाइएको उनको चर्चित एल्बम  हो | स्वभावले वहाँ सरल तथा इमान्दार हुनुहुन्छ तर कलाको हकमा बहुमूखी ! किन कि उनी गायक मात्रै होइन, खेलकुदमा जमेका एक कुसल खेलाडी हुनुको साथै गीत पनि लेख्नु हुन्छ अनि संगीत पनि भर्नु हुन्छ |

अक्टोबर १६ मा जन्मनुभएका थुलुङ्ग युवा देखि बृद्धसम्म, सबैको प्रिय गायक भएर स्थापित हुनुहुन्छ । प्रियसी तिम्रो यादले सताउछ मलाई बोलको गीत  युवाहरुको प्रेम प्रंश्गमा अतिनै मेलखाएकोले गर्दा सबको ओठमा मन्त्रमय भएको छ । त्यसो त आकाशैमा चिल होइन बेसरा बोलको गीतले साँस्कृतिक कार्यक्रमहरुमा रोमाञ्चकारी रङ्ग प्रवाह गरिदिन्छ सबमा ।

वास्तबमा, गायक थुलुङ्गका गितहरुले सबको मनमा घर बसालिसकेको तथ्यलाई नकार्न सकिन्न । पुनर्वास पछि भूटानी कला, साहित्य र सस्ककृतिको संरक्षणमा वकलत गर्दै आएको सस्थाँ ओ.बि.सि.ए द्धारा निर्मीत भुटानी कथानक चलचित्र “शुरुवत”मा उहाँका गीतहरु समावेश गरिएको छ र अन्य नेपाली चलचित्रमा पनि आफ्नो जादुमय स्वार दिइसकेको हामीलाई सर्वविदितै छ । अमेरिकाको एटलान्टको जर्जिया राज्यमा हाल बसोवास गर्दै आउनु भएका उनै गायकसँग यि र यस्तै सन्दर्भमा हाम्रा सम्बादाता अर्जुन प्रधानले गरेको भलाकुसारी प्रस्तुत छ ।

हल के गर्दै हुनुहुन्छ ?
अमेरिकामा आएर पनि आफ्नो मेजर संगीत विषयमा जर्जिया स्टेट युनिर्भसिटीमा Western Music अध्यान गर्दै छु ।

संगितमा तपाईको प्रबेश कसरी भयो ?
सम्पूर्ण परिवारका पुस्तहरु नै संगितमा रहेका हुनाले गर्दा पनि म संगितमा प्रवेश गर्ने प्रेरणा मिलेको हो ।

हलसम्म तपाईको कति औं एल्बम् बजारमा प्रकाशन भइसकेको छ ?
सन् २००३ मा तिम्रँो यादले भन्ने एल्बम् गरे तर बजारमा प्रकाशन हुन सकेन कारणबस् , त्यसपछि २०१०, मुमेन्ट्स हजुरहरु समक्ष ल्याएको छु दोस्रो एल्बम कोशेलीको तयारी छ । आफ्नो स्वार, संगित रहेका थुप्रै अन्य एल्बमहरु छन् जस्तै सम्झनामा, सुभराम्भ एल्बमहरुमा संगित रहेका छन् ।

तपाईले कतिवटा नेपाली कथानक चलचित्रमा स्वर, संगित दिइसक्नु भएको छ ?
जस्तै कहाँ छौ कहाँ नेपाली कथनाक चलचिलमा छोडेर नजाउ प्रदेशी मलाई बोल्को गितमा स्वर दिए को छु । यो गित नेपाली दर्शक , सोत्ताहरुमा धेरै समयसम्म रहिरयो । भोजपुरि चलचिल “सुहागिन” नेपाली कथनक चलचित्र विवश, बदमास आदिमा आफ्नो स्वर, संगित रहेको छ ।

तपाईको “प्रियासी तिम्रो यादले सत्ताउछ मलाइ…” बोलको गित भूटानी कथानक चलचित्र “शुरुवत” मा समावेश गरिएको छ नि ?
हो । प्रियासी बोलको गित पहिलै देखि विभिन्न मिडियाहरुमा बजिरहेको तपाई हामीलाई अगवत नै छ । तसर्थ नेपाली भाषी भुटानी कलाकारहरुद्धारा निर्मित कथनक चलचित्र शुरुवतको विशेष पहलमा समावेश गरिएको छ ।

शुरुवतमा कतिवटा गितमा स्वर दिनु भएको छ ?
मेरो जानकारीमा आएअनुसार मेरो एल्बम्बाट ३ वटा गितहरु समाबेश गरिएका छन् । अकाशै(काका भुवन थुलुङ्ग )…प्रियासी…किन निस्टुरी बोलको गितमा मेरो आफ्रनै शब्द, संगित रहेको छ ।

अबको नयाँ तयारी के कस्तो रहेको छ ?
भखरै नयाँ एल्बमको तयारीमा रहेको छु । दुइ तिनवटा गितलाइ रेकोडिङ्ग गरिसके ।

यसलाई तपाईका प्रिय दर्शक, स्रोतगणहरुले सुन्न कहिले पाउने छन् त ?
चाडै नै ।
अन्त्यमा तपाईका प्रिय दर्शक, स्रोतालाई कस्तो सन्देश रहेको छ ? .
हामी नेपाली भाषी भूटानी हौ । हामी हाम्रो कला, सांहित्य, सस्कृतिमा विश्वाश गर्दछौ । मलाई माया र हौसला प्रदान गरिदिनु हुने सबैलाई मेरो ह्रदयबाटै धन्यवाद छ र आउदा दिनहरुमा पनि यहाँहरुको साथ र सहयोगको सधै अपेक्षा गर्दछु। नेपाली संस्कार संस्कृति र नेपाली गीत सँगीतलाई सधै माया गरिरहनुहोस्। यहाँहरुको हरेक दिन सुखमय रहोस्।
धन्यावाद ।।

उनका केही चर्चित गीतहरु :



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here