अशोकको विवाद नगर पालिकाले मिलायो (हेर्नुहोस् भिडियो सहित )

0
1976

अभिभावकले जिम्मा लिएर अशोकलाई काठमाण्डौंमा पढाइने

 
९ साउन २०७५/डिकेश लामा
दमक/पछिल्लो समय यूट्यूव मार्फत चर्चामा आएको अशोक दर्जी कसले लाने भन्ने विवाद आज दमक नगर पालिकाको छलफलले मिलाएको छ ।
हिजो दमक नगर पालिका वडा नं. २ को कार्यालयमा अशोकलाई गत असार २३ गते देखि लगेर स्कूलमा नल्याएकोले उपस्थित गराउँन गरेको निवेदनको आधारमा आज मुद्धा मिलाइएको दमक नगर पालिकाका उपमेयर न्यायिक समितिका प्रमुख गीता अधिकारीले बताउनु भयो ।
छलफल तथा अन्तकृयामा आजसम्म अशोकको रेखदेख र अध्ययन गराउँदै आउनु भएका वेथल एजुकेशन एकाडेमी प्रिन्सिपल दिपक न्यौपानेले अव देखिको जिम्मा आफूसँग कानुनी रुपमा नभएको र अशोकको जिम्मा बुवा पूर्ण दर्जिले लिने सर्तमा विवाद मिलाइएको न्यायिक समितिले जानकारी दिएको छ ।
छलफलको क्रममा संगीतकार टंक बुढाथोकीले संचार माध्यमको गलत प्रचारले यो विवादलाई थप प्राथमिकता दिएको भन्दै आफू दर्शकको कुरालाई ध्यान दिने बताउनु भयो । बुढाथोकीले घर निर्माण तथा अन्य क्षेत्रको खर्चबारे चाँडै नभई विस्तारै सार्वजनिक गर्दै जाने बताउनु भयो । बुढाथोकीले युट्यूवरलाई अरु पनि अशक्त बालबच्चा खोल्न र अशोकको पछि नलाग्न आग्रह गर्नु भयो । बुढाथोकीले प्रधानमन्त्री केपी ओलीको क्षेत्रमा गरीव बालबच्चालाई सहि तरिकाले रेखदेख समेत नगरेको बताउनु भयो । यता प्रिन्सिपल न्यौपानेले अशोकको भविष्य राम्रो बनोस भन्ने हेतुले आफूले पढाइमा जोड दिँदा बाहिर लाने र ल्याउने क्रममा विवाद आएकोल अशोको भविष्यका लागि आफूले छाड्न तयार रहेको भएको बताउनु भयो । न्यौपानेले आफूले अशोक र उनको बहिनी साथी भूइकटरलाई समेत पढाइरहेको अवस्थामा कानुनी प्रकृया विपरित बाहिर लगेर नल्याएको प्रति आपती मात्र गरेको बताउनु भयो । न्यौपानेले आज देखि सार्वजनिक रुपमा अशोकको जिम्माबाट पन्छिए पनि अशोकलाई सँधै सहयोग गर्ने बताउँनु भयो । कार्यक्रममा दमक नगर पालिका मेयर रोमनाथ ओलीले अशोक राम्रो प्रतिभा भएकोले अरुले जिम्मा नलिए कानुनी मापदण्ड अनुसार उसको शिक्षामा सहयोग गर्न सकिने बताउनु भयो ।
कार्याक्रममा केही संचारकर्मी, सामाजिक अगुवाले अव उप्रान्त अशोकलाई सहयोग गर्ने महानुभावले अशोक या उनको वुबाको नाममा स्पष्ट र पारदर्शी ढंगबाट बैंक खाता बनाएर सहयोग गर्न समेत आग्रह गरिएको छ ।

See live video

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here