दूई-पुस्तक र पन्ध्र सयवर्ष

0
1370

विगत पाँच दिनमा मैले तीनबटा किताव पढें | यी किताव मध्ये एउटा किताव सन् ७२६ तिर कोरियन यात्री हे चो र दोस्रो किताव इब्नबतूताले (अबु अब्दुल्ला मोहम्मद) सन् १४०० तिर लेखेका हुन् | यी मध्ये पहिलो बौद्ध धर्मका अनुयायी थिए भने दोस्रो कट्टर मुस्लिम |

हे चो र मोहम्मद दूबैले भारतवर्षमा आफुले देखेको र भोगेको भारतको वर्णन गरेका छन् | यी दूईलेखकका लेखोटहरूले सन् ७०० र १४०० का वीचको भारतवर्षीय समाजको ऐना देखाउने काम गरेको छ |

हे चो ले भारतवर्ष भ्रमण गर्दा यहाँ धनी र गरीवी थियो तर मान्छेहरूलाई दासदासीका रूपमा बेच्ने, मृत्युदण्ड दिने, लडाई गरेर आफ्ना वा पराया प्रजाहरूको धन जवरजस्ती अपहरण गर्ने, जितेका व्यक्तिहरुलाई “दास-दासी”का रूपमा बेच विखन गर्ने र मृत्युदण्ड दिने प्रचलन समाजमा नरहेको उल्लेख गरेका छन् |

त्यस बेलाको भारतवर्ष अत्यन्त शान्त तथा सुक्षित देखिन्छ | उनी लेख्छन् “भारतवर्षमा महिला तथा पुरुषहरूले एकै समान लुगा लगाउँछन् | धनिले रेशमी कपडा, मध्यमवर्गले सूतीका कपडा र गरिवहरूले एउटा बस्त्रमात्र धारण गर्छन् | महिला र पुरुष सबै पाठशाला जान्छन् | यात्रामा हिड्दा सावल बोकेर हिड्नु पर्दैन किनभने यात्रुहरूले जुनसुकै घरमा मागेर भोजन गर्न सक्छन् |”

उनी त्यस बखत तुर्की मुस्लिमहरूले आक्रमण गरेर आफ्नो कब्जामा लिएका भारतीय भागमा तुर्की (कासिम खाँ)हरूले जनता उपर गरेको वर्वरताप्रति खिन्न छन् |

मोरक्कोमा जन्मेका मोहम्मदले भारतवर्षको भमण गर्दा लगभग भारतवर्ष तुर्क, अरवीआदि आक्रमणकारीहरूको कब्जामा परिसकेको थियो | हरेक गाउँ वा प्रान्तहरूमा मुस्लिम हाकिमहरू नियुक्त थिए |

हिन्दूहरूसंग जातका आधारमा उब्जनीको आधा जवर्जस्ती वसुल गरिन्थ्यो भने विदेशी मुसलमानहरूलाई आफन्त ठानेर तत्कालीन मुस्लिम सम्राट र राजाहरू प्रसस्त दान दिन्थे |

मुस्लिमहरूले हिन्दूहरू गर्ने गरेको आक्रमण र वर्वरतालाई मोहम्मदले “हिन्दूहरू लुटेरा हुन्” भनेर बचाऊ गरेको छ | यद्यपि उसले मुस्लिम राजाहरूको क्रूरतालाई पनि मिठो तवरले उजागर गरेको छ |

उसले वर्णन गरेका नौबटा दिल्लीका सम्राटहरूमा सबै आफ्नै छोराद्वारा हत्या गरिएका छन् र राज्यसत्ता हत्याएका छन् | मोहम्मदले भ्रमण गरेका कुनै एउटा पनि प्रान्त छैन जहाँ राज्यप्राप्तिको लागि छोराले बाबुको हत्या नगरेको हो |

हे चो ले देखेको भारतवर्ष र इब्नबतूताले लेखेको भारतयात्राको वर्णन पढेपछि जुनसुकै व्यक्तिले यी सातसयवर्षहरूमा अरव-तूर्क मुस्लिम आक्रमणकारीहरूले भारतवर्षमा निम्त्याएको क्रूरताको दर्शन गर्न सक्छ |

हाल भारत, नेपाल, पाकिस्तान, अफगानिस्तान वा सिरियाआदिमा मुस्लिम-मुस्लिमवीच, मुस्लिम र गैर-मुस्लिमहरूविच चलिरहेको द्वन्द छ त्यसको आधारभूत इतिहास यस कितावमा वर्णन छ |

आपसी अविश्वास, चरमसुखोपभोगको चाहना, असिमित यौनजन्य क्रियाकलाप र त्यसलाई धर्मको आडमा वैधानिकता र यो सबै प्राप्तिका लागि आफन्त वा काफिरउपर चरम अत्याचार – आज पनि जस्ताको तस्तै देखिन्छ |

नेशनल बुक ट्रस्ट इन्डियाले छापेका “हे चो का यात्रा वृतान्त तथा इब्नबतूताकी भारत यात्रा” यी दुई ऐतिहासिक ग्रन्थहरू सबैले पढेको राम्रो | इतिहासलाई गालीगलौज गर्ने र त्यसका आधारमा वर्तमान पुस्तालाई नराम्रो भन्ने होइन तर मानवताको विस्तारमा यिनको उपयोग कसरी गर्ने ? भनेर शिक्षा लिने हो |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here