गोर्खा भूपु शैनिक संघको आन्तरिक मुद्धा अदालतबाट संस्थापन पक्षमा फैसला

0
1779

 

१० चैत्र, २०७४  दमक/ लामो समय देखि गोर्खा भूपु शैनिक संघ गेसोमा भएको विभाजित पक्षहरुबीचको मुद्धा संस्थापन पक्षमा फैसला भएको बताइएको छ । आज दमकमा संघको कार्यालयमा आयोजति पत्रकार सम्मेलनमा संस्थापन पक्षका अध्यक्ष धनपाल राईले सो कुरा बताउनु भएको हो । विक्रम सम्बत् २०६५ साल फाल्गुन ४ गते सर्व सम्मतिबाट गठन हुन लागेको संघमा पदम सुन्दर राईको उम्मेद्वारीबाट संघ दुई भागमा विभाजन भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
पदमको पक्षको समिति अविश्वासको मतबाट विघठन भए पछि खास गरी संघ दुई खेमामा विभाजित भएको र सो पक्षहरुबीच भएको लेनदेनको मुद्धा सर्वोच्चले संस्थापन पक्षमा फैसला गरेको सम्मेलनमा बताइएको छ । जिल्ला, पुनारावेदन हुँदै सर्वोच्च अदालतमा पुगे पछि पीडितहरुले न्याय पाएको सम्मेलनमा राईले दावी गर्नु भयो । संघ विभाजन भए सँगै गेसोका आन्दोलनका लागि उठाएर राष्ट्रिय बहुमुखी सहकारी संस्थामा जम्मा गरिएको रकम रु ११ लाख १५ हजार हिनामिना र क्षतिपुर्तिको माग सहित अदालतमा संस्थापन पक्षले मुद्धा दायर गरेको फैसला संस्थापन पक्षमा भएको सम्मेलनमा जानकारी गराइएको कोषाध्यक्ष शेरबहादुर लिम्बुले बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here