नेपाली डायस्पोरिक ईतिहाँसमा अमेरिकामा पहिलो पटक बृहत कार्यक्रम हुँदै : मनोज राई

0
1580

अमेरिकाको नर्थ क्यारोलिनास्थित सार्लोटमा आगामी डिसेम्बर २२ तारिखका दिन ‘ग्लोबल नेपाली चलचित्र, संगित, सञ्चार तथा सामाजिक अवार्ड २०१८’ को आयोजना हुने भएको छ । ‘नेपाली चलचित्र, संगित, सञ्चार तथा संस्कृतिको पहिचान र प्रवद्र्धनका लागि हाम्रो सामुहिक अभियान’ भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले नेपाली चलचित्र, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न मद्दत पुग्ने आयोजक लभ एण्ड सपोर्ट फाउण्डेशनले जनाएको छ । ४ विधाका विभिन्न ५३ वटा अवार्ड वितरण हुने आयोजकले जनाएको छ । यसै विषयमा आयोजक संस्था फाउण्डेशनका अध्यक्ष मनोज राई संग गरिएको कुराकानी ।

यो कार्यक्रम आयोजना गर्नुको उद्देस्य के हो ?
हामि नेपाली भाषिहरु विश्वका बिभिन्न कुनामा पुगेका छौं । हामि नेपालमै पनि र विश्वको जहाँ रहे पनि आ–आफ्नो थर, जात, गोत्र, भुगोल बिबिध कारणले अलग अलग छौं । तर हामि नेपालीलाई जोड्ने एउटै मात्र कुरा भनेको चलचित्र, गित–संगित, नेपाली मिडिया र सामाजिक गतिबिधिनै रहेछ । त्यसैले विश्वमा रहेका नेपालीहरुलाई एक सुत्रमा बाँध्नको लागी यो कार्यक्रमको आयोजना गरिएको हो । त्यसैगरी कार्यक्रममार्फत हलिउड चलचित्रको छायाङ्कन गराई चलचित्र पर्यटनको प्रवद्र्धधन गर्ने पनि हाम्रो उद्देस्य रहेको छ ।
यो कार्यक्रम पहिलो पटक गर्न लाग्नु भएको हो ?
यो कार्यक्रम पहिले देखीनै गरिंदै आएको हो । तर पहिला पहिला चलचित्र क्षेत्रमा मात्रै अवार्ड बितरण गरिँदै आएकोमा यस बर्ष देखी बिभिन्न चारवटा बिधाबाट ५३ जनालाई अवार्ड बितरण गर्ने कार्यक्रम छ । त्यसैले यो बृहत रुपमा भने पहिलो पटकनै नर्ग लागीएको हो । तर चलचित्र बिधाको मात्रै भन्नेहो भने चाहिँ यो तेस्रो पटक आयोजना हुँदैछ ।
कार्यक्रमको तयारी कहाँ पुग्यो ?
कार्यक्रमको तयारी द्रुत गतिमा भैरहेको छ । यहाँ अमेरीकामा पनि तयारी तिब्र पारिएको छ भने बिभिन्न देशबाट आउने पाहुनाहरुकालाई निमन्त्रण पठाईसकिएको छ । पाहुनाहरुले कार्यक्रममा सहभागिताको लागी आउने तयारी सुरु गरिसक्नु भएको हामिलाई जानकारी आईरहेको छ । सबै बिधामा उत्कृष्ट छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसरी कार्यक्रमको तयारी तिब्र बनाईएको छ ।
कार्यक्रम हुने कुरामा कत्तिको उत्साहित हुनु भएको छ ?
एकदमै धेरै उत्साहित भएको छु । नेपाली डायस्पोरिक ईतिहाँसमा अमेरिकामा पहिलो पटक यस्तो बृहत कार्यक्रम हुँदै छ । एउटा÷एउटा बिधामा कार्यक्रमहरु त हुँदै आएका हुन तर एकै ठाउँ यति धेरै बिधामा अवार्ड बितरण गर्न लागीएको भने यो नै पहिलो पटक हो । त्यसैले गर्दा पनि म एकदमै उत्साहित छु । यहाँ रहनु भएका नेपाली भाषिहरुले पनि कार्यक्रमको बिषयमा एकदमै धेरै जिज्ञासा राख्नु भएकोले कायक्रम भब्य र बृहत बन्ने भएकोले म एकदमै धेरै उत्साहित छु ।
अमेरीकामा रहेका नेपालीभाषीहरुको सहयोग कत्तिको पाउँदै हुनुहुन्छ ?
एकदमै धेरै सहयोग गर्नु भएको छ । यो कार्यक्रमको आयोजक एउटा संस्था भए पनि यहाँ रहनु भएका सबै नेपालीभाषीहरुले आफ्नै कार्यक्रम भन्ने महसुर गरी सहयोग गर्नु भएको छ । यहाँ रहेका बिभिन्न नेपाली संघ संस्थाहरुले कार्यक्रममा सहकार्य गर्नु भएको छ । जिसिएनएले नेपाल, भुटान लगायतका देशहरुबाट आउने कलाकारहरुलाई वेलकम डिनरको आयोजना गर्नु भएको छ । त्यस्तै अन्य संघ संस्थाहरुले पनि कार्यक्रमको आयोजनामा सहकार्य गर्नु भएको छ ।
चलचित्र, संगित र मिडिया भनेका त एक अर्काका परिपुरक भए तर सोसल अवार्ड पनि रहेछ यो कसरी यहाँ जोडियो ?
चलचित्र, संगित र मिडियाले जसरी समाजलाई सचेत र उन्नत बनाउँछ त्यसरीनै सामाजिक काम बाट पनि मानिसहरुको भावना जोड्को लागी, मानिशहरुको आर्थिक र सामाजिक जिवनमा परिवर्तन ल्याउनको लागी ठुलो काम भएको हुन्छ । जस्तो २०७२ सालको भुकम्पको बेला पनि सामाजिक काम गर्ने मानिशहरुले पिडितहरुको घाउमा मल्हम लगाउने काम गरे । त्यस बाहेक पनि सामाजिक काम बाट नेपालीहरुको मन एक ठाउँ जोडिने काम भएको छन् । हामि शरणार्थि शिबिरमा बस्दा पनि र अहिले पनि बिभिन्न संघ संस्थाबाट धेरैनै सहयोग पाईएको छ । त्यसैले सोसियल अवार्डलाई पनि गित–संगित, चलिचित्र र मिडिया संगै जोडेर अवार्ड बितरण गर्न लागेका हौं ।
आगामी योजनाहरु चाहिँ के छन् नी ?
पहिला त यो कार्यक्रम सकौं अनि अन्य योजनाको बारेमा सोचौंला । यसै कार्यक्रमलाई पनि व्यवस्थीत बनाउने बारेमा साथिभाईहरु संग छलफल भैरहेको छ । बिभिन्न मुलुकबाट कार्यक्रममा सहभागीताको लागी आउने तयारीमा हुनुहुन्छ । यहाँ आउन सबैको पासपोर्टमा भिजा नलाग्न सक्छ यदि हामिले अवार्ड दिने व्यक्ति आउन सक्नु भएन भए पनि नेपालमै आएर अवार्ड बितरण गर्ने भन्ने योजना तयारी गर्दै छौं । हेरौं पहिलो पटक यति बृहत रुपमा कार्यक्रमको आयोजना भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here