सृजनशील र सकारात्मक सोचको धनी आर. बी खड्का !

0
2597

पिता कृष्ण बहादुर खड्का र माता नर माया खड्काको कोखबाट भूटानको पुवुङ्खा, सर्बङ मा  सन् १९८३मा जन्मनुभएका आर.बि खड्का नेपाली भाषी भूटानी समुदायको साहित्याकसमा झुल्किएको लोभ लाग्दो मखमली नाम हो | आजको शृंखलामा यिनै नामसंग जोडिएको प्रतिभाको संक्षिप्त चर्च गर्ने छौं |

जोशीला, हसिला, रसीला साथै आटिला, बिबिएस सम्मको अध्ययन गरेका आर. बी तेक्वान्दोको एक कुशल खेलाडी पनि हुन् | साहित्यको विधामा विशेष गरि उनि गीत, गजल र कबिता लेख्ने गर्छन् | केही महिना अघि “तिम्रो तस्बिर” गीती एल्बम उनकै एकल शब्दमा बजारमा आइसकेको छ | उनको यो “तिम्रो तस्बिर” गीती एल्बम सुनिसके पछि लाग्छ कर्णप्रिय गीत लेख्न खप्पिस छन् उनि | जुलाई २९, २०१७ मा “सयौ चोटी मरी सकें” नामक उनले लेखेका गीतमा सांगीतिक दृश्य श्रव्य पनि निर्माण भएको छ |

पछिल्लो समयमा नेपाली भाषी भूटानी कलाकारिताको क्षेत्रमा, यसो भनौं साहित्यिक, सांगीतिक तथा अन्य कला र सृजनाका विधामा युवा वर्गको विशेष उपस्थिति र उनीहरूको बाक्लो सक्रियता देख्न सकिन्छ | यो एउटा सुखद पक्ष हो | यधपी सकारात्मक सोच, सत्भाव, सहकार्य जस्ता प्रवृतिको समाजमा राम्रै  अभाव खड्किएको आजको यो अवस्थामा अराजक शैली, स्वार्थीपन, अहमता, अभिमानी, अविश्वसनीयता, आलोचनात्मकता जस्ता नकारात्मक मनिन्ने गुणहरूबाट आफूलाई जोगाएर चोखो र इमान्दार छबि बनाउनमा सफल उनी जस्तो युवालाई हामीले पाउनु गर्वको विषय हो | यस मानेमा उनी एक युवा स्रष्टा मात्र होइन एक असल मानब पनि हुन् |

कलम्बस साहित्यिक मञ्च, स्रष्टा संगम ओहायो जस्ता केही साहित्यिक मञ्चहरूसँग उनी संग्लन यी युवा हाम्रो समाजको एक आशा लाग्दो उज्यालो नक्षत्र हुन् भन्दा अतियूक्ति नहोला |
यो संक्षिप्त उनी सम्बन्धित् टिप्पणीको अन्तमा एक वाक्यमा हामी यती भन्छौं – “सृजनशील र सकारात्मक सोचको धनी आर. बी खड्का !”

“सयौ चोटी मरी सकें” नामक उनले लेखेका गीतमा सांगीतिक दृश्य श्रव्य:

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here