शरणार्थी शिविरमा भव्यताका साथ तीजको कार्यक्रम सम्पन्न

0
1313

भाद्र ६, २०७४ दमक | नेपाल स्थित् भूटानी शरणार्थी शिविरमा भव्यताका साथ तीजको कार्यक्रम मनाइएको छ | युएनएचसीआरको सहयोग तथा एलदफ्लुएफको कार्यन्वयनमा भूटानी शरणार्थी महिला मंचले उक्त कार्यक्रम गरेको हो |

भूटानी शरणार्थी महिला मंचकी बिष्णु माया ढुंगानाको सभापतित्वमा बुवाको मुख हेर्ने दिनको सुअवसर परेर सम्पन्न उक्त तीज विशेष कार्यक्रममा नेपाल बार एस्सोसियसनका क्याम्प वकिल सन्त पाठक प्रमूख अथिति रहनु भएको थियो भने दमक नगरपालिकाकाे उप मेयर गीता अधिकारीले विशेष अथितिको अशान ग्रहण गरेकी थिइन् | शसस्त्र प्रहरी बल – इन्स्पेक्टर टेक बहादुर कटवाल, पुर्व क्याम सचिब युवा राज सम्पंग, देवी माया गुरुङ लगायत व्यक्तित्वहरू उपस्थिति रहेको थियो |

तीज विशेष गीतहरु अन्तर्गत रहेर आफ्नो नृत्य प्रस्तुत गर्नुपर्ने प्रावधानमा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो | उक्त प्रतियोगितामा युवा प्रतिभा कलब, YFC, BRCF, डकुला कलब र त्रिरत्न स्कूल गरि जम्म पाँच प्रतिस्प्रधी समुहले भाग लिएका थिए | सो प्रतियोगितामा डकुला कलब प्रथम, युवा प्रतिभा कलब दोश्रो र त्रिरत्न स्कूलले तेश्रो स्थान हासिल गरेका थिए |

दमक नगरपालिकाकाे उप मेयर गीता अधिकारीले उक्त कार्यक्रममा बोल्दै तीज किन मनाइन्छ, यसको महत्व के हो र यो अहिलेको जनमानसमा कसरी आम दिदी बहिनीहरुको हुनपुगेको छ भन्ने कुरा आफ्नो मन्तब्यमा राखिन् | बाडी पैरो पीडितलाई भनि आर्थिक संकलनको लागि अनुदान सन्दुक पनि राखिएको थियो |

 

 

 

 

BRC FANS CLUBद्वारा तयार पारिएको उक्त कार्यक्रमको भिडियो हेर्नुहोस् :

Please donate for Flood Victims in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here