६ श्रावण २०७४, शुक्रवार- सन् २००७ साल देखि आजसम्ममा स्थाई समस्या समाधान कार्यक्रम अन्तर्गत १००,००० भन्दा बेसी जनसंख्यामा भूटानी शरणार्थीले पुनर्वाससंगै तेश्रो मूलुकमा नयाँ जीवन, नयाँ घर पाइसकेका छन् | तर यो पुनर्वाससंगै १२,००० भन्दा कम संख्यामा शिबिरमा रहन पुगेका शरणार्थीका निम्ति नयाँ घर त होइन पाउदै आएको राहत पनि कटौती भइ जन-जीवन दयनीय बन्दै गरेको देखिन्छ |
आम्दा(AMDA) नेपालको सहकार्यमा यु.एच.सि.अर.(UNHCR)को सहयोगमा भूटानी शरणार्थीलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सम्बन्धि सहयोग तथा सहुलियत पूर्णरुपमा कटौती हुने कुरा हाम्रो जानकारीमा आएको छ | यही साउन ०१, २०७४ देखी OPD सेवा पनि बन्दा भैसकेको छ भने स्वैच्छिक परामर्श र परीक्षण, मातृ र बाल स्वास्थ्य, प्रयोगशाला, इंजेक्शन लाउने आदि सेवाहरूमा धेरै अघि देखि नै पूर्णविराम लागिसकेको हो |
इमर्जेन्सी सेवा, मेन्टल हेल्थ लगायत अन्य कार्यकर्म पनि केहि समयमा बन्दा हुने स्पष्ट छ | यस्तो अवस्थामा क्याम व्यवथापन समितिले यु.एच.सि.अर.को दमक कार्यालय र आम्दा(AMDA)लाई पत्राचार गरि इमर्जेन्सी सेवा, OPD र फार्मेसी अनिवार्य रहनु पर्ने माग राख्ने भएको छ |
शरणार्थीलाई स्वास्थ्य सेवा चाहिएको खण्डमा बेलडाँगी निवासीले दमक स्थित् स्थानीय अस्पताल र शनिश्चरे मोरंग शिविरमा रहनेहरुले मंगलबारेबाट सहयोग लिने व्यवथा मिलाईएको छ |
खाद्यान्नमा ठूलै कटौती भैसकेको छ भने शिक्षाको क्षेत्रमा पनि प्राप्त सहयोग घड्दो छ | भूटानी शरणार्थी जो तेश्रो मूलुकमा व्यवस्थितरुपमा जीवन यापन गरिरहेका छन्, अब उनीहरूले देश फिर्तीको आशामा शिविरमा थोरै संख्यामा रहेका आफ्ना बन्धुहरुलाई थोरै मात्रामा भए पनि सहयोग गर्नु पर्छ भन्ने मान्यता यु.एच.सि.अर.(UNHCR)ले राख्दै आएको छ | अब यतो स्थितिमा के पुनर्वासित भूटानीहरुले त्यहाँ स्थित् आफ्ना भूटानी दाजुभाइलाई सहयोग गर्ला त ?