शिविरमा हात्ती आतंक: उठ्यो गम्भीर प्रश्न !

0
1105
इ४ हट ना.३० खर्क बहादुर बस्नेतको निवास

दमक, साउन ०४, २०७४ – एक माउ हात्ती र दुई छावाको समूह आज अनुमानित बिहानको राती दुई बजेको समयमा मोरङ्ग नेपालको भूटानी शनिश्चरे शरणार्थी शिबिरमा पुन: जंगली हात्तीले प्रवेश गरेर आतंक मच्चाएको छ | सेक्टर एल देखि पसेर सेक्टर ई हुदै जाने क्रममा इ४ हट ना.३० खर्क बहादुर बस्नेतको निवासलाई क्षति पुर्याएको छ |

हामीलाई प्राप्त जानकारी अनुसार मानिसलाई भने केहि असर परेन यधपी दिन दहाडै यसरी जंगली हात्ती शिविरमा पसेर मान्छेलाई आक्रमण गर्न थाले पछि भूटानी शरणार्थी शिविरबासी त्रसित छन् ।

ऋतु परिवर्तनसंगै शरणार्थी शिविरबासीले वर्षभरि यस्ता विभिन्नखाले कष्टहरू सहदै अएका छन् | कहिले वर्षा, कहिले हुण्डरीले छाप्राको बिजोक बनाउछ त कहिले रुखले किचेर ज्यानसमेत जानेगरेको छ |

शिविरका अधिकाँश मानिस तेश्रो मूलुक पुनर्वासित भैसकेका छन् र केहि संख्या पुनर्बास प्रक्रियामा हुनेहरूलाई त अब उसो यस प्रकारक प्रकोपले नसताउला तर बाँकी देश फर्किने आशामा बसेकाहरूको निम्ति यो पिर यथावतै रहने छ | त प्रश्न उठ्छ, आफ्नै देशको माया र समझनामा बाँच्दै आफ्नो पसिना बगेको आफ्नो माटोमा फर्कने सुनौलो अवसरको प्रतिक्षा गर्नु के अभिशाप मात्रै हो ? यो गम्भीर प्रश्नको उत्तर कसले दिने !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here