गुरुङ प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न

0
821

साउन १, नेब्रास्का – अमेरिकाको नेब्रास्का राज्यमा पर्ने, ओमाह सहरमा पुनर्वासित भूटानी समुदायका गुरुङ जातिले नर्थ केरोलिना निवासी श्री प्रदिप गुरुङलाई आफ्ना गुरुङ समाजको अध्यक्ष चुन्दै प्रथम राष्ट्रिय महाधिवेशन आज सम्पन्न गरेको छ ।  देशभरका गुरुङहरूको  भेलामा आषाढ ३१, २०७४ देखि साउन १, २०७४ सम्ममा दुई दिन चलेको सो महाधिवेशनमा ओमाहा पुब्लिक स्कूलक संयोजक श्री सुसन माय्बेर्गेर(Susan Mayberger)ले प्रमूख आतिथ्य ग्रहण गरेका थिए |

पहेलो रङ्गको पवित्र खतक पहिरिएर बीचमा रहनुहुने, अध्यक्षमा निर्वाचित श्री प्रदीप गुरुङ हुनुहुन्छ |

त्यहाँ स्थित् हाम्रा सम्बादाता भिम गुरुङले बताए अनुसार, यस प्रथम राष्ट्रिय महाधिवेशनमा ५०० भन्दा धेरै गुरुङहरु विभिन्न अमेरिकाका राज्यहरूबाट उपस्थित थिए। उक्त प्रथम राष्ट्रिय महाधिवेशनमा गुरुङहरुको रितिरिवाज लगायत धार्मिक छलफलको साथै विभिन्न बिषयहरुमा निर्णय गरि जाती र धर्मबारे आउदो पुस्तालाई दिशा निर्देश हुने गुरुङ संबिधान किताब लिखिने भएको छ।

 उक्त महाधिवेशनलाई विभन्न राज्यबाट आमन्त्रित् कलाकारहरू साथै स्थानीय कलाकार, बालबालिकाद्वारा त्यहाँ प्रस्तुत गरिएका नाचगानले रोचकता थपेको थियो | साथमा संस्कृतिक परम्परालाई निरन्तरता दिनु पर्छ भन्ने मान्यतामा “रोधी”को पनि सहभागीजनले रमाइलो लिन भए |बिशेष गरेर मगर तथा गुरुङ जाती मा “रोधी” प्रचलित छ र यो विशेष प्रकारको नाचगान नै हो |

त्यहाँ स्थित् गुरुङहरूले यस प्रथम राष्ट्रिय महाधिवेशनलाई अहिलेसम्मकै सबै भन्दा ठूलो कार्यक्रम भएको बताएका छन् | कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नमा विभिन्न तह-तप्का, संघ-संस्थाबाट ठूलो सहयोग  पुगेको उल्लेख गर्दै आयोजकले विभिन्न माध्यमबाट उनीहरुलाई धन्यवाद ब्यक्त गरेका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here