एउटा "खाते" केटो

0
1962
डा. गोविन्द एस. उपाध्याय

मैले भेट्दा मनोज सांग्रीला होटेलको अगाडीको सडकमा झोक्राएर बसिरहेको थियो | उ एउटा बोरामा आडेस लागेर बसेको थियो | उसको उमेर अन्दाजी १३ वर्षको होला | उसका वरिपरी फोहोरको थुप्रो थियो | नजिकै उ भन्दा कही ठूलो उमेरका केटाहरू “ग्लू” तानिरहेका थिए |

मैले एकैछिन त्यसलाई उभिएर हेरें | मैले अन्य भन्दा ऊ फरक होला कि भनेर अनुमान गरें | उसका लुगा हेर्दा त्यस ठाउँका लागि ऊ नया देखिन्थ्यो | त्यहाँ उ रम्न सकिरहेको थिएन |

मैले ऊसंग कुरा गर्ने निर्णय गरें | म एक्लो केटातिर गएको देखेर अन्य केटाहरू पनि चनाखो भए | ती मध्ये एकजनाले त मुखै फुटालेर भन्यो “अव यसले पनि खान बोलाउने होला” | मैले वास्ता गरिन |

त्यो केटा करिव १२ वर्ष जातिको थियो | उसको शरीरको विकास सामान्य नै देखिन्थ्यो | म नजिक एभिएको देखे पनि उसले पटक्कै वास्ता गरेन | “बाबु, बाबु” भनेर तीन पटकसंग बोलाउँदा पनि उसले आफ्नो मुख उठाएर म तिर हेरेन |

उसले बडो उपेक्षित तरिकाले मलाई हेर्यो | त्यस्तो उपेक्षाको भावना मैले कहिले पनि भोगेको थिइन | “बाबु ! म तिमीलाई केही सहयोग गर्न चाहन्छु | ठीकै छ, यो पाउरोटी तिम्रो लागि हो | म भोली फेरी आउनेछु | उसले पाउरोटीतिर पुलुक्क हेर्यो |

भोली फेरी म त्यसै ठाउँमा पुगें | ऊ त्यही बसिरहेको थिए | तर आज उसको आँखामा हिजोको जस्तो उपेक्षा थिएन | उसले मेरो कुरा ध्यान दिएर सुन्यो | अन्त्यमा उसले भन्यो “मान्छे मीठो-मीठो कुरा गर्छन् तर घरमा लगेपछि के-के गर्न लाउछन् | मलाई कतै जानु छैन |”

तेस्रो दिन ऊ मलाई नै कुरिरहेको थियो | मैले उसको लागि केही नया लुगा किनेर लागेको थिएँ | उसले लुगा स्वीकार गर्यो तर ती लुगा लगाउने अवस्था थिएन |

मैले उसलाई मेरो आफ्नै घरमा लगें | मेरी श्रीमती र छोरी हाम्रो नै प्रतीक्षा गरिरहेका थिए | सबैले मुसुक्क हाँसेर स्वागत गरे | मैले उसको परिवारसंग उसको परिचय गराए | परिवारले उसलाई अत्यन्त सहजरूपमा स्वीकार गरे |

सुरुका दिनहरूमा उ परिवारसंग मिल्न असजिलो भयो | उ एक्लै बस्न र कम बोल्न मन पराउन्थ्यो | यदाकदा अचानक रून थाल्थ्यो | ऊ सानोतिनो कुरामा डर मान्थ्यो | राम्रो लुगा लगाउँदा लाज मान्थ्यो | तर लुकेर पत्रपत्रिका पढ्ने, केटाकेटीका कितावहरू पढेको देखिन्थ्यो |

लगभग तीन महिनापछि मैले “विद्यालय जान्छौं” भनेर सोधें, उसले सहज रूपमा हुन्छ | मैले नजिकैको सरकारी विद्यालयमा भर्ना गरिदिएँ | विद्यालयमा उसको पठनपाठन राम्रो भयो |

अव ऊ हाम्रा परिवारको अंग नै बनिसकेको थियो | त्यसवेला सम्म मैले उसको पारिवारिक पृष्ठभूमिका विषयमा अप्रत्यक्षरूपमा बुझ्ने प्रयत्न गरें तर केही थाहा हुन सकेन | मैले उसंग सोधिन | उसले पनि भनेन |

एकदिन हामी तीनदिने भ्रमणमा चितवन गयौं | उ असाध्यै खुशी भयो |त्यही खुसीको बेलामा मैले उसको परिवारका विषयमा सोधें | एकैछिन केही बोलेन मलाई एकोहोरो मेरो मुखमा हेरिनै रह्यो | सायद उ मसंग आस्वस्थ हुन चाहन्थ्यो |

उसको कथा यस प्रकारको रहेछ – उसको सानो जीवन सरल थिएन | ऊ धरानमा मध्यम परिवारमा जन्मेको रहेछ | तीन वर्षको उमेरमा आमा वितिछन् | बाबुले चाढै नै दोस्रो आमा ल्याए | केही दिन आमाले निकै माया गरिन् तर बहिनी जन्मिएपछि उनको ब्यबहार रुखो हुँदै गयो |

बाबाले माया गर्नु हुन्थ्यो तर बाबाको अनुपस्थितिमा सहनै सस्क्नाए यातना दिनु हुन्थ्यो | उनको ब्यबहार अचम्मको दियो | बहिनी प्रति उनी निकै क्रूर थिइन् | बहिनीप्रति उनको रत्ति पनि माया थिएन | बहिनिको खुट्टा समातेर विस्तारामा गुडिया झैं पछार्थिन् |

त्यो सानी नानीको शरीरमा नीलडाम हुन्थे | म बहिनीलाई निकै माया गर्थे | त्यसो त सानीआमाले मलाई पनि न पिट्ने होइन | तर त्यो सानी बहिनीको तुलनामा मेरो दुख निकै कम थियो | उ एकवर्ष पनि पुगेकी थिइन | उ बोल्न सक्ने थिइन | उसले आफ्नो कुरा बुवा वा मलाई भन्न नसक्ने थिई | उनी निकै निर्दयी छन् |

बाबालाई यी सबै कुरा थाहा थियो कि थिएन भन्न सक्दिन | एक दिनको कुरा हो – म विद्यालयबाट फर्किदा सानीआमाले बहिनीलाई काखमा राखेर उसको कपाल लुछिराहेकी थिइन् | बहिनी चिच्याईमात्र रहेकी थिई | म निकै डराएँ |

बेलुका मैले यी सबै कुरा बुवालाई बताएँ | वुवाले कत्त्ति पनि मेरो विश्वास गर्नु भएन | भोली पल्ट विहान उहाले मलाई आफ्नो कोठामा बोलाउनु भयो र बेस्करी पिट्नु भयो | मैले वुवाबाट पिटाई खाएको यो पहिलो पटक थियो |

त्यस घटनापछि कान्छीआमाको अत्याचार बहिनी उपर बढ्दै गयो र उनी कराएर त्यसको दोष मलाई लगाउथिन् | बा कान्छीमायाको कुरा पत्याएर मलाई नै बेस्मारी कुट्नु हुन्थ्यो | मेरो कुरा सुन्न नै चाहानु भएन | घरको धेरैजसो काम भाँडा माझ्ने, कुचो लगाउने यहाँसम्म कि लुगा धुने काम पनि मैले नै गर्नु पर्थ्यो |

एकविहानै बाबाले कोठाबाट निकालेर कुटेपछि त्यस घरमा बस्नै मन लागेन | म घरबाट बाहिरिए | मसंग केही पैसा थिए | म काठमाडौँको वसमा चढें | भोलीपल्ट विहान काठमाडौँ आइपुगे | यहाँ मैले चिनेको कोई थिएन | कहाँ जाने-कहाँ नजाने कुनै ठेगान थिएन | एक रात वसपार्क मै वितायें | राती एकजना मान्छे आएर गोजीमा भएको धेरथोर पैसा पनि जवास्जती लग्यो |

भोली पल्ट मसंग खाने केही थिएन | तीन दिनसम्म भोकभोकै बसें | तेस्रो दिन एकजना मजस्तै उमेरको केटाले फोहोर उठाएको देखेर त्यहीं गएँ | मैले आफ्नो कुरा बताएँ | उसले एउटा बोरा खोजिदियो | उसंग नै मैले उठाएको फोहोर ११० रुपियामा कवाडीमा बेचें | त्यही पैसाले पेट भरियो | तर राती भने निकै केटाहरू मध्ये बलियो ले सबैसंग रहेको पैसा जवर्जस्ती लगिदिने गर्थे | न दिए लात्तैलात्ताले कुट्थे |

तीन महिमा यसै गरी वित्यो | त्यसपछि एकजना धनी मान्छेले पढाई दिन्छु भनेर आफ्नो घर लग्यो | तर उसले त्यहाँ जे गर्न खोज्यो त्यो भन्न लाज लाग्छ | म फेरी पनि त्यो घरबाट भागें | मलाई धेरैले झुक्याए | तर तपाईंलाई विश्वास गर्छु |

म फेरी पुरानै जीवनमा फर्किए | यहाँको संसार विचित्रको छ | यहाँ ठूलाको मात्र नियम चल्छ | ठूलाले भनेको नमान्ने हो भने ढुङ्गा थिचेर पनि मार्न सक्छन् | यहाँ धेरैजसो ग्लूको लतमा हुन्छन् | पैसा पाउँदा खाने हो नत्र भोकै बस्ने हो |

प्रहरीको ब्यबहार सबैभन्दा निर्दयी हुन्छ | कुनै पनि ठाउँमा चोरी भयो कि उनीहरूले “खाते”लाई समात्छन् | कठोर यातना दिन्छन् | चोरको रूपमा प्रस्तुत गरेर केही दिन थुन्छन् र छोडीदिन्छन् | कुनैकुनै प्रहरी निकै दयालु हुन्छ | एक पटक प्रहरीले मेरो ज्यान जोगाएका थिए | ती प्रहरी अंकलले कहिलेकाहिं मलाई खाना पनि दिन्थे |

म खातेहरू संग हिड्थे तर उनीहरूबाट अलग हुन चाहन्थे | मलाई फेरी कथा आठमा नै भर्ना भएर पढ्न मन लागिरहेको हुन्थ्यो | कहिलेकाहिं म सरकारी विद्यालयको छेउमा गएर उभिन्थे | तर त्यहाँ मलाई सोध्ने कोही हुदैनथ्यो | धेरैजसोले खाते भनेर धपाऊथे |

म केवल रुन्थे | मलाई वावाआमाको भन्दा पनि त्यो सानी बहिनिको असाध्यै माया लाग्छ | म मेरी सानी बहिनिलाई असाध्यै माया गर्छु | मेरो वा र सानीआमाप्रति कुनै माया छैन | उहाँहरूसन्द डर लागिरहन्छ | तर एकपटक मैले आफ्नी बहिनीलाई भेट्न चाहन्छु |

हामी चितवनको भ्रमण गरेर घर फर्क्यो | मैले धरानको उसको परिवारको विषयमा बुझ्न पठाएँ | सबै उसले भने बमोजिम नै भेटियो | मैले मनोजका आमाबुवासंग सम्पर्क बनाएँ | मनोजले घर छोडेपछि सानीआमाको ब्यबहारमा केही परिवर्तन आएछ | बाबु पनि आफ्नो छोरालाई भेट्न आतुर देखिन्थे |

आमा र बाबु दूबैलाई मनोपरामर्षदातासंग भेट गर्न सहमत गराएँ | उनीहरूले नाचिने पनि सात पटकासम्म हामी परामर्शका बैठकमा बस्यौं | आठौँ पटकमा मनोज र आमावुवाकोबीच भेटभयो | यस पटक मनोजले आफ्ना आमावुवामा विश्वास गर्न सकेन तर बहिनीलाई काखमा लिएर धेरैवेरसम्म खेलिनै रह्यो |

अव मनोज आफ्नी कान्छी-आमा र बासंग आफ्नै घर धरानमा बस्छ | बहिनी र उ दूबै विद्यालय जान्छन् | बहिनीलाई उसले असाध्यै माया गर्छ | यद्यपि कान्छीआमाप्रति उ अझै विश्वास गर्न सकिरहेको छैन | तर कान्छीआमाको ब्यबहार भने सकरात्मक भएको छ |

अहिके मनोज कक्षा दशमा पढ्छ भने बहिनी नर्सरीमा | मैले हरेक चौथो वा पाँचौदिन फोन गर्छु | मेरो फोनको उ प्रतिक्षा गरिरहेको हुन्छ | मेरी छोरी ऊभन्दा उमेरमा धेरै ठूला छन् तर दुवैले उसलाई असाध्यै माया गर्छन् र “कान्छो भाई” भनेर सम्बोधन गर्छन् | मेरी श्रीमती उसलाई “विन्दास” भन्छिन् |
साच्चिकै भन्ने हो भने हरेक दिन हामीले एउटा सदस्य “मिस” गरिरहेका हुन्छौ |

……………………………….
नोट : यो कथा होइन | यो वास्तविक घटना हो | पात्रको नाम र ठाउँ मात्र फेरिएको हो | हामीले आफ्नो दृष्टिकोण वदल्ने हो भने एउटा धेरैलाई सहयोग गर्न सक्छौं | सद्भाव, प्रेम र सकारात्मक ब्यबहारले जस्तोसुकै समस्यामा परेका मान्छे पनि वदलिंछन् |

विश्वास गर्नुस्, धेरै मनोजहरूले हाम्रो प्रतिक्षा गरिरहेका छन् | के हामी सहयोग गर्न तयार छौँ ?

(डा. गोविन्द एस. उपाध्याय, त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शनशास्त्र तथा मनोविज्ञानको अध्यापन गर्नुहुन्छ र मनोबैज्ञानिक परामर्शदाता पनि हुनुहुन्छ |)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here