कविता

0
679
केहि खोज -मनोबादहरुको द्वन्द !
–  कर्ण गुरुङfor my web1
जीवनमा सत्यको खोज गर्दै गर्दा
आफुले रोजेको केहि होइन !
आज आफैले पढेको दर्सन गलत पाए !
इतिहास,वैज्ञानिकता,सत्य बुज्दै जादा
भगवान्ले मानब बनाएको होइन !
मानवले भगवान भनाएको पाए !
सत्य जति कोट्यायो त्यति नियाल्दा
कुनै चमत्कार – जादुले होइन !
विकास हुनुमा मानब सभ्यता पाए !
बाइबल कुरान गिता मुन्धुम हेर्दै जादा
कुनै किताबको उत्पति होइन !
कुनै न कुनै लेखकले लेखेको पाए !
जन्मिएर नदेखिएको भुत भगवान खोज्दै जादा
मनमा सबैलाई थाहा छ त्यो सत्य होइन !
निर्बल प्राणीको एक आस्था हो भन्ने पाए !
सोच र ब्यबहारको विकास हेर्दै जादा
सबै सत्यताको मार्गमा होइन !
असत्य ,अन्धा विश्वासमा रोमोलिअएको पाए!
जीवनको सभ्यता रोक्ने भाइरस खोज्दै जादा
टाडा के जानु अरु केहि होइन !
अइस्पस्ट धार्मिक, जातीय, संस्कारिक दर्सनहरुनै पाए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here