कविता

0
727

तिम्रो नजरमा म देश द्रोही हो
…………………………………..
– अनन्त यात्री
तिम्रो नजरमा म देश द्रोही हो, किन?859734_659865697360075_1184779477_o
मैले मेरो अधिकार खोजें
मैले आफ्नो अस्तित्व खोजें
तिम्रो विरोद्धमा आवाज उठाएँ
तिम्रो सिंहसानको धावा बोलें
अब सक्छौ भने समातेर हेर |

तिम्रो नजरमा म देश द्रोही हो, किन?
तिम्रो कुकृत्यको भण्डाफोर गरें
आम मानिसलाई चेतना जगाएँ
तिम्रो आज्ञाको अवज्ञा गरें
अब सक्छौ भने समातेर हेर |

तिम्रो हजुर्याईं गर्नु पर्ने
भष्टचारको चरम शिमा नाघ्दा चुप बस्नु पर्ने
चेलिबेटीको अस्मिता लुटिंदा मुक दर्शक हुनु पर्ने
तिम्रो भूष्याहरूले कन्चटमा हत्यार ताक्दा थाप्नु पर्ने
तिमीले लादेको भाषा र संस्कृति ग्रहण गर्नु पर्ने
कथित अनुशासनको अन्यय र अत्याचार सहनु पर्ने
तर मैले तिमीसँग पौंठेजोरी गर्न खोजें
त्यसैले त, तिम्रो नजरमा म देश द्रोही हो
अब सक्छौ भने समातेर हेर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here