‘स्वीकारोक्ति’को विचार र भावनाले म प्रभावित बनेको छु – सुरेन्द्र लिम्बु

0
777

स्वीकारोक्ति भित्र छिर्दै जाँदा पाएँ, जीवन र मृत्यु भन्दा पनि परको एउटा स्वचालित चेतना र859734_659865697360075_1184779477_oहेछौं हामी । तर परिस्थितिबस सृजना भएका समयका मेसोहरुलाई पछ्याउँदै जाँदा समानताको लागि न्यायको तराजुले हाम्रो गतिलाई अगति या अन्योल सृजना गरि दिदो रहेछ । जसको कारण नै स्वीकारोक्तिको जन्म भएको बुझिन्छ । स्वीकारोक्ति अभियन्ताहरुको पहिलो पत्रिका ‘ग्लोबल पोष्ट’को सम्पादकीयका केही हरफहरुले मात्रै पनि शरणार्थी जीवनका जटिलता माथी लिलीपुट सपना बोकेर हिडीरहेका सक्षम खुट्टाहरु पनि अस्थिर भविश्यको बुख्याँचाहरुले सहजै हल्लाएको देखिन्छ । उनीहरु भन्छन् ‘जीवन र मृत्युलाई एकैचोटी स्पर्श गरेर जीवन र मृत्यु सँगै बाँचेको ययार्थ शब्दले चित्रित गर्न सक्दैन ।’ सम्पादकीयका हरफहरु ‘जीवन मात्रै सुखमय छ, अनि मृत्यु मात्रै पनि शान्तिमय छ । तर जीवन र मृत्युसँगै बाँच्नु पर्ने बाध्यात्माक परिस्थिति भने साँच्चै कष्टप्रद हुँदोरहेछ ।…..’ कति मार्मिक छ । भाग्य र बाध्यता माथीको जुलुसमा म भित्रभित्रै गुनगुनाउछु …. हामी सबै हुनुको आभाष छ । हामी सबैको उपस्थिति स्वीकार्य छ । अझ उनीहरु भन्छन् ‘मानिस अपाङ्ग हुनुको जुन कष्ट र पीडा हुन्छ सपाङ्ग भएर पनि आफ्नो अङ्ग चलाउन नपाउनुको पीडा त्यो भन्दा पनि भयानक हुन्छ ।’ तपाईहरुको यो विचार र भावनाले म प्रभावित बनेको छु । स्वीकारोक्तिको पृष्ठभूमी, जन्म र यात्राका जटिलताहरुभित्र क्रमशः बढिरहेको बेला अनवरत बाटोतिर भेटिएका बिभत्स दृश्य र कारुणिक आलापहरुले म अस्थिर बनेको छु । भावपूर्ण भएर जीवन्त जीर्ण अक्षरहरु म सामु हात फैलाएर उभिएका छन् । यसबेला समर्पणमा म के दिन सकुँला भन्ने कुराले मलाई पीरोली रहेको छ । …. क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here