हुरीले रुख ढल्दा शरणार्थीको ज्यान गयो

0
2222
२०७४ आषाढ ११ मंगलबार |

आज अपराह्न नेपाल झापाको दमक बेलडाँगी स्थित् शरणार्थी शिबिर क्याप ३ dev1सेक्टर इ१(E1) छाप्रा नम्बर ४९मा बसोबास गर्ने जगत ७६ वर्षीया बहादुर सम्पङग राईको हुरीले रुख ढल्दा त्यसले किचेर मृत्यु भएको छ |

दमक स्थित् हाम्रा प्रतिनिधि हंग्रिम दुखुन दविदले त्यहाँको स्थानीय बासिन्दासँग सम्पर्क गर्द रातभरिको बर्षाले जमिन गिलो र कमोलो भएको हुनसक्छ र हावाहुरी चल्दा रुख ढलेको हुनसक्ने स्थानीय बासिन्दाको अनुमान रहेको उनले जानकारी गराए | आफ्नो श्रीमती, परिवारसँग घरमै बसिरहेको बेला अचानक सखुवाको रुख घर माथि ढल्दा उनी बसेकै स्थलमा उनको ज्यान गएको हो |

यस प्रकारको घटना शरणार्थी शिबिर बासिन्दाको लागि नौलो भने होइन | यस्ता घटना नदोहोरियोस् भनि स्थानीय बन समिति र सम्बन्धित् कार्यालयसँग शिबिर बासीले छाप्र नजिक रहेका हावाले ढल्न सक्ने रुखलाई काट्न अनुरोध गर्दै आएको छ | तथापी सखुवाको रुख काट्न नहुने उनीहरुको अडानको कारण यस्ता दुखत घटना हुने गरेको त्यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here