नर्थ–क्यारोलिनामा भानु जयन्ति: भाषा, साहित्य संरक्षणमा जोड

0
928
सारलोट २०७४ आषाढ १० सोमबार |

नेपाली भाषीद्वारा विश्वका विभिन्न कुनामा नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०४औं जन्म दिवस मनाइदै गरेको सन्दर्भमा हरेक साल जस्तै यस पटक पनि अमेरिकाको सारलोट नोर्थ–क्यारोलिनामा बसोबास गर्ने भाषा साहित्य प्रेमिहरुले भानु जयन्ति मनाएका छन् । भूटानी साहित्यकार श्री ईन्द्र खवासको अध्यक्षतामा उक्त कार्यकर्म दिनको अपराह्न भूटानीस् कमुनिटिस् एस्सोसियसन् अफ सारलोटको सभा कक्षामा सम्पन्न भएको थियो भने समाजसेवी, गायक तथा संगितकार श्री मनोज कु. राईले काbhanuर्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा आफ्नो नेपाली भाषा, साहित्यलाई माया गर्ने ब्याक्तित्वहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा समाजसेवि, पत्रकार, साहित्यिक स्रष्टाहरु, संगितकर्मि र विद्यार्थीहरु गरि बिभिन्न उमेर र क्षेत्रमा संलग्नता रहेको साहित्यानुरागीहरूको जमघटले कार्यक्रम सुशोभित रहेको जानकारी फोन सम्पर्कमा इश्वरी ढकालले हामीलाई गराए ।

एक दर्जन भन्दा बडि स्रष्टाहरुले आ–आफ्नो रचाना वाचन गरेका थिए । रचना वाचन गर्ने केहि स्रष्टाहरुमा टि.पि. मीश्र, ईस्वर ढकाल, एल. बी रिखाम, प्रदिप गुरुङ्ग ‘परिश्रमी’, हरि चम्लगाईं, उदय दाहाल, विष्णु गुरुङ्ग, प्रकाश अधिकारी लगायतले भानुको स्मरण गर्दै आफ्नो भाषा, साहित्यलाई संरक्षण र संवर्धन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

“यस कार्यक्रममा आदिकवि आचार्यलाई विशेष संस्करण गरिरहदा  हाम्रै समुदायको सारलोटबासि  युवा कवि स्व. श्री दिनेश चाम्लीङ्गलाई पनि हामीले उनको समझना गर्दै सम्मान स्वरूप शब्द सुमन चडाएका छौं” भनेर आयोजक सदस्यसमेत रहेका हाम्रा त्यहाँ स्थीत सम्बादाता श्री एल.बी. रिखामले उल्लेख गरे  ।

पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा तनहुँको चुँदी रम्घामा विसं १८७१ असार २९ गते जन्मिएका भानुभक्तले थुप्रै साहित्य कृति नेपाली साहित्यलाई दिएका छन् | ‘भक्तमाला’ ( १९१०), ‘प्रश्नोत्तर’ ( १९१०),  ‘वधूशिक्षा’ ( १९१९), ‘रामगीता'(१९२५) जस्ता उनका केही ख्यातिप्राप्त कृतिहरू हुन् | बिशेष गरि पहिलोपटक ‘अध्यात्मरामायण’को भावानुवाद गरी नपाली भाषाको प्रचारप्रसार र विकासमा योगदान पुर्याए बापत उनलाई आदि कबिको उपाधि पहिराई हरेक बर्ष सम्मान स्वरूप उनको जन्मोत्सव मनाउने गरिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here