@अर्जुन प्रधान /मेरो कबिता
कविता केवल शब्दहरूको खेल होइन, त्यो संवेदनाको यात्रा हो । मनभित्रको हलचललाई आवाज दिने माध्यम हो । यही भावनालाई मञ्चमा उतार्दै आएको कविताको रियालिटी सो “मेरो कविता : The Rhythm of Poetry – Season 1” ले नेपाली काव्य जगतमा एउटा फरक पहिचान बनाएको छ ।
एक सयभन्दा बढी स्रष्टाहरूको सहभागिताबाट छनोट हुँदै अगाडि बढिरहेको यो सिजनमा, कविता केवल पढिँदैन—बाँचिन्छ, महसुस गरिन्छ, र सुन्ने मनसँग जोडिन्छ । यस्तो सशक्त यात्रामा न्याय गर्ने, मार्गदर्शन दिने र स्तर निर्धारण गर्ने जिम्मेवारी सम्हाल्नुभएको छ चार विशिष्ट स्रष्टाहरूले । उहाँहरू केवल निर्णायक होइनन्, नेपाली साहित्यका अनुभवी हस्ताक्षरहरू हुनुहुन्छ ।
उत्तम तुम्सा लिम्बु :

कुरुलेतेनुपा, धनकुटामा जन्मनुभएका उत्तम तुम्सा लिम्बू मुलतः कवि हुनुहुन्छ । नेपाली कवितालाई पर्फमेन्स आर्टका माध्यनद्वरा मन्चसम्म पुर्याउँदै गतिशील बनाउनु पर्छ भन्ने मान्यता राख्नुहुने कवि उत्तम तुम्सा लिम्बुका कविताहरु स्वयं कहिले तम्मोर नदीजस्तो, कहिले बतास चल्दाको सल्लाघारीजस्तो, कहिले च्याब्रुङको तालमा तरेवा तरेमाहरु धान नाचेजस्तै लाग्छन् । २०७२ सालमा एक कविता सङ्ग्रह प्रकाशित गरिसक्नुभएका कवि उत्तम तुम्सा लिम्बूले देशभरका विभिन्न ठाउँहरु पुगेर दर्जनौं कविता कन्सर्ट गरिसक्नुभएको छ भने उत्तम सङ्गै केही युवा कविहरु मिलेर सन्चालन भइरहेको साहित्यिक अभियान सम्भव समूह सङ्ग आवद्ध हुनुहुन्छ । प्रभावशाली कविता वाचनका कारण कविताका पारखीहरु माझ प्रिय तुम्सा सन् २०१७ मा दक्षिण एशियाली मुलुकहरू आवद्ध सार्क साहित्य सम्मेलनमा समेत सहभागीता जनाइसक्नुभएको छ । कवि उत्तमजस्तो प्रतिभालाई कविताको रियालिटी सो “मेरो कविता : द रिदम अफ पोयट्री” का निर्णायकका रुपमा पाउँदा सिङ्गो टिम गौरवान्वित महसुस गर्दछ ।
सुमन स्मारिका :

गजललाई हेर्ने परम्परागत चस्माको फ्रेमभन्दा बाहिर निस्केर पनि सुन्दर गजल लेख्न सकिन्छ भन्ने थोरै गजलकारहरुको लहरमा सुमन स्मारिकालाई प्रष्टै देख्न र चिन्न सकिन्छ ।
टिकापुर, कैलालीको माटोमा जन्मनुभएकी गजलकार स्मारिका बिगत डेढ दसकदेखि गजल विधा मार्फत तिक्ष्ण काव्यिक अभिव्यक्ति दिएर गजलको केन्द्रमा आफ्नो प्रभावशाली उपस्थिति जनाउन सफल हुनुहुन्छ ।
साहित्यलाई व्यावसायिक बनाउनुपर्छ भनेर साहित्यका कार्यक्रमहरुमा शसुल्क मात्रै प्रस्तुति दिने सुमन स्मारिकाको भर्खरै मात्र “साहेब” नामक गजल कृति प्रकाशित छ । हजारौं प्रसङ्शकहरुद्वरा पछ्याएकी सुन्दरी गजलकार सुमन स्मारिकालाई “मेरो कविता : द रिदम अफ पोएट्री” रियालिटी सो का निर्णायकका रुपमा प्रस्तुत गर्न पाउँदा, कार्यक्रम आवद्ध सम्पूर्ण टिम आभार व्यक्त गर्दछ ।
अज्ञात दधी :

छोटा तर चोटिला कविता लेख्न माहिर अज्ञात ददी, कुनै पनि विषयलाई आलोचनात्मक आँखाले हेर्नुहुन्छ । अध्ययन र अध्यापन उहाँको दैनिक जीवनको अङ्ग भएर हुनसक्छ, उहाँका सिर्जनामा समेत त्यसको प्रभाव प्रतिबिम्बित हुन्छन् ।
हरेक थोकको मूल्य भएजस्तै कविताको पनि आफ्नै मूल्य हुन्छ भनी दाबी गर्नुहुने अज्ञात ददी, कला, सस्कृतिलाई समाज सङ्ग जोड्नुपर्छ भनेर स्कुल वा कलेजहरुमा सिर्जनात्मक गतिविधिलाई अनिवार्य अभ्यास गराउँदै आइरहनुभएको छ ।
दमक, झापामा जन्मनुभएका, प्रतिरोध चेनताका कवि अज्ञात ददीलाई “मेरो कविता : द रिदम अफ पोयट्री” सो का निर्णायकका रुपमा प्रस्तुत गर्न पाउनु गर्वको कुरा हो ।
हेमन यात्री :

आफ्नै माटो, बाटो र परिवेशबाट कविता टिप्ने कवि हेमन यात्री नेपाली काव्य जगतमा नौलो नाम होइन ।
मोरङ जिल्लाको तत्कालीन रमितेखोला गाविस (हाल मिक्लाजुङ गाउँपालिका) मा जन्मनुभएका हेमन यात्री ‘पहाड मसितै यात्रा गर्छ’ नामक कविता कृति मार्फत् नेपाली साहित्यको क्षेत्रमा लोकप्रियता हाँसिल गर्नुभएको हो । उहाँका दर्जनौँ कविताहरु पाठक/श्रोताको मनमा बस्न सफल छन् ।
बिगत अडाई दसकबाट काव्य साधना गरिरहनुभएका यात्रीका ‘आमाको गीत’, ’ म त्यहीँ हुँ तिमीले बिर्सिगएको मानिस’, ‘फेरि एक्लै’, बेपत्ताको आत्मा… लगायतका कविताहरु पाठकहरु माझ लोकप्रिय छन् । देश तथा विदेशका विभिन्न मञ्चहरुमा आफ्ना कविताहरु मार्फत प्रस्तुति दिँदै आउनुभएका कवि यात्री युवा पुस्ताका प्रेरणाका श्रोत समेत हुनुहुन्छ ।
उहाँका कविताहरु नेपाली भासा बाहेक अङ्ग्रेजी, हिन्दी, कोरियन, फ्रेन्च लगायतका भासाहरुमा समेत अनुवाद भएर प्रकाशित/प्रसारित भएका छन् ।
नेपाली कविताका उनै प्रसिद्व कवि हेमन यात्रीलाई कविताको रियालिटी सो “मेरो कविता : द रिदम अफ पोयट्री” का निर्णायकका रुपमा पाउँदा सिङ्गो निर्माण टिम गौरव गर्दछ ।
“मेरो कविता : The Rhythm of Poetry” केवल प्रतियोगिता होइन, यो पुस्ताहरूबीचको सेतु हो । अनुभवी स्रष्टाहरूको दृष्टि र नयाँ पुस्ताको उर्जा एकै मञ्चमा भेटिँदा कविता केवल अभिव्यक्ति मात्र रहँदैन—आन्दोलन बन्छ, चेतना बन्छ, र समयसँग संवाद गर्छ ।
यी चार निर्णायकहरूको उपस्थिति नै यस यात्राको बलियो आधार बनेको छ। उहाँहरूको अनुभव, दृष्टिकोण र साहित्यप्रतिको गहिरो प्रतिबद्धताले सिजन–१ लाई केवल सफल मात्र होइन, स्मरणीय बनाउने विश्वास गरिएको छ। यस सफल यात्रामा निरन्तर मेहनत गर्ने साहित्यकारहरूमध्ये पत्रकार सुमन कुरुम्बाङ पनि एक हुनुहुन्छ। पूर्वका विभिन्न सांगीतिक कार्यक्रमदेखि मेगा इभेन्ट्ससम्म फ्रीलान्स एमसीका रूपमा परिचित उनले औपचारिक तथा अनौपचारिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, व्यावसायिक/व्यापारिक र मनोरञ्जनात्मक सबै प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। बहुआयामिक अनुभव र सहज प्रस्तुति शैलीका कारण उनी दर्शक तथा आयोजक दुवैका लागि विश्वसनीय सञ्चालकका रूपमा स्थापित भएका छन्।

शब्दहरू बाँचिरहून्, संवेदनाहरू जोडिरहून् भन्ने यही कामनासहित भूटानी बस्तीभित्रका साहित्यप्रेमी निर्देशक केवल छेत्री र सह–निर्देशक पवित्रा राईको टिमले यो सृजनात्मक यात्रालाई अगाडि बढाइरहनुभएको छ।
कार्यक्रमको आयोजना Rhythm and Reality Event Private Limitedहो भने प्रस्तुति ‘माइ प्लेटफर्म’ (My Platform) को रहेको छ। Powered by GBLO and Association with विश्व भूटानी साहित्यिक संगठन (GBLO) र बेल्डाँगी नाट्य परिवार विश्व भूटानी साहित्यिक संगठन (GBLO) र बेल्डाँगी नाट्य परिवारले गरेका हुन् भने यसको प्रस्तुति ‘माइ प्लेटफर्म’ (My Platform) ले बडाइरहेको छ।
यस प्रयासले साहित्य, संवेदना र सृजनालाई एउटै मञ्चमा जोड्दै नयाँ उर्जा र प्रेरणा दिने विश्वास गरिएको छ।
नोटः- कम्तिमा पनि दुइ दिन निरन्तर लगाएर यो लेख तयार गरिएको छ । तपाइको मिडियाले राख्दा साभर भनिदिनुहोला । यो कार्यकालागि साहित्यकार हेमन यात्री र निर्देशक केवल छेत्री अनेक अनेक धन्यबाद ।
सबै एपिसोड यहां हेर्न मिल्छ
https://youtu.be/rNP3rqJJgiY?si=h_oZUwkLP6Qz0qxS












