अर्जुन प्रधान
अमेरिका — नेपाली सिने जगतमा बहुप्रतीक्षित फिल्म “यो मन त मेरो नेपाली हो” अब पर्दामा आउन केही घण्टामात्र बाँकी छ। पद्म ईश्वर इन्टरटेन्मेन्ट को प्रस्तुति रहेको यस चलचित्रले नेपाली मनको भावनालाई बोल्ने प्रयास गर्दैछ।
फिल्मको निर्देशन नार प्रधान (मित्रा) ले गरेका छन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। निर्माता ज्ञान बी. प्रधान (रोशन) हुन्। टिजर जेठ २३ गते, शुक्रबार OSR Digital मार्फत सार्वजनिक हुँदैछ भने पूर्ण फिल्म असार २७, २०८२ मा रिलिज हुनेछ।

फिल्मको प्रमुख पात्रहरूले गम्भीर भावनात्मक मुद्रामा देखाइएको छ। उनीहरूको आँखाबाट राष्ट्रियता, संघर्ष र आत्मगौरव झल्किन्छ। फिल्मले दर्शकलाई केवल मनोरञ्जन मात्र होइन, राष्ट्रप्रेमको गहिरो अनुभूति दिन चाहन्छ।
यस कथाले नेपाली समाजको वास्तविक जीवन शैली, युवाहरूको देशप्रेम, र उनीहरूका संघर्षहरूलाई पर्दामा उतार्नेछ। “फिल्म एक संदेश हो — हामी नेपाली हौँ, हाम्रो मन पनि नेपाली हो,” निर्देशक नार प्रधानले बताएका छन्।
फिल्मको टिजर जेठ २३, शुक्रबार OSR Digital मार्फत सार्वजनिक हुनेछ। पोस्टरमा देखिएअनुसार टिजर एकदमै सशक्त र भावनात्मक हुने संकेत मिलेको छ। असार २७, २०८२ मा चलचित्र देशभरका हलहरूमा प्रदर्शन हुने कलाकार नारायण प्रधानले ग्लोबलपोस्टलाइ जानकारी दिए ।
सामाजिक सञ्जालमा #YoManTaMeroNepaliHo ह्यासट्यागले लोकप्रियता पाइरहेको छ, जसले दर्शकमा उत्साह थपेको छ।
विल्सन विक्रम राई, विजय बराल, बुद्धि तामाङ, अयुषा समालजस्ता चर्चित कलाकारहरूको दमदार अभिनयले फिल्ममा थप ऊर्जा भरेको छ। यसले दर्शकलाई आफ्नो पहिचान, भाषा र संस्कृतिको सम्मान गर्न सिकाउनेछ।
यो चलचित्र नेपाली सिनेमा उद्योगमा राष्ट्रिय भावना झल्काउने र दर्शकसँग गहिरो सम्बन्ध बनाउने अर्को ऐतिहासिक प्रयास बन्न सक्ने देखिन्छ।
भोलिदेखि नेपाली मनको कथा पर्दामा — “यो मन त मेरो नेपाली हो” हेर्न नछुटाउनुहोस्!
