सकारात्मक सोचका धनी समाजसेवी सुजन खड्काले उहाँको र उहाँको पिता केदार बहादुर खड्काको कार्तिक २९ गते जन्मोत्सवको उपलक्ष्यमा काठमाडौंका विभिन्न चिसो सडक पेटी, पुल मुनी र ढलको पाइप भित्र भोक भोकै रात बिताउन बाध्य भएका सयौं दुःखी, गरीब, अशक्त, शारीरिक तथा मानसिक अवस्था कमजोर भएका सडकमानवहरुलाई रात्री भोजन गराएका छन् ।
ओखलढुङ्गामा जन्मिएका सुजन हाल रोजगारीको सिलसिलामा फ्रान्सको पेरिसमा रहेका छन् । स्वदेशमै बसेर नेपाल आमाको सेवा गर्ने हुटहुटी बोकेका सुजन नेपालको पछिल्लो अवस्थाले बस्नै नसक्ने अवस्था श्रृजना भएपछि गहभरी आँसु पारेर विदेश गएका थिए ।
भोजन दान, महाकल्याण’ सेवा नै सर्वोत्कृष्ट धर्म हो भन्ने मुल मन्त्रलाई सिरोधार्य गेर्ने सुजन अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई आफूले सकेको सहयोग गर्दै आएका थिए भने आगामी दिनहरुमा पनि आफूले सकेको सहयोग गर्ने बताएका छन् ।
उनले काठमाडौंमा रहेका युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी थालनी गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यमा आर्थिक सहयोग उपलब्ध गराएका थिए । सुजन भन्छन्,: भोजन सेवा जस्तो पवित्र कार्यमा सबैले सहयोग गर्नुहोला, भोजन दान भन्दा ठूलो दान केही पनि छैन, भोजन दान नै संसारको सबै भन्दा ठूलो र पूण्य दान हो ।
नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्तर जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य हालसम्म सञ्चालनमा आइरहेको छ ।
युवा समाजसेवी घिमिरेले सञ्चालन गरेको पूण्य कार्यमा स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृती एव् स्वच्छीक रुपमा सहयोग पुर्याउँदै आउनुभएको छ । सहयोगी मनहरुले तलको फेसबुक लिङ्कमा क्लिक गरी +9779841141468 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
https://www.facebook.com/amulya.ghimire/