सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा तिहारमा सयौं गरीब दुःखीहरुलाई भोजन सेवा प्रदान

0
128

काठमाडौं, नेपाल – सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा काठमाडौं उपत्यकाका विभिन्न सडक पेटी, पूलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं दुःखी, गरीब, बृद्ध, अशक्त, शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरूलाई २०८१ सालको तिहारमा भोजन सेवा सम्मन भएको छ ।

५ वर्ष देखी असहाय, अशक्त, अपाङ्ग, बृद्ध बृद्धा तथा गरीब, दुःखीहरुलाई खाना खुवाउँदै आएका युवा समाजसेवी प्रदिप घिमिरेलाई सेजल एण्ड सिस्टर फाउण्डेशनका संस्थापक अध्यक्ष मेघ सुवेदीले भोजन सेवाका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

सेजल एण्ड सिस्टर फाउण्डेशनले नेपालका हुने गरेका विभिन्न दैवी प्रकोप, पूर्वी नेपालका शरणार्थी शिविरहरु लगायत विभिन्न सामाजिक सेवाका क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्दै आएको छ । विगत लामो समयदेखि अमेरिकामा रहेर नेपालमा समाजसेवाका क्षेत्रमा सक्रिय रहनुभएका वरिष्ठ समाजसेवी तथा सफल युवा व्यवसायी मेघ सुवेदी संस्थापक अध्यक्ष रहेको सामाजिक संस्था ‘सिजल एन्ड सिस्टर फाउन्डेसन’ले केही दिन अघि मात्र काभ्रे जिल्लाको रोशि गाउँ पालिकाको विभिन्न क्षेत्रमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित २५० सय भन्दा बढि परिवारका लागि ब्लान्केट तथा मानवीय क्षेतिको परिवारलाई १० हजार तथा पुर्ण रुपमा घरवार क्षती भएका परिवारलाई ५ हजार रुपैया नगद समेत हस्तान्तरण गरिएको थियो ।

समाजसेवी मेघ सुवेदी भन्नुहुन्छ: “नेपालको राजधानी काडमाडौं, तिहारको बत्तिले झिलीमिली रमझमको बेलामा त्यही सडकपेटी, पूलमूनी र ढलको पाइपभित्र कोही मानिस जीवन र मृत्यूको दोसाँधमा पेट थिचेर भोक भोकै पल्टिरहेको अवस्थामा हाम्रो तर्फबाट उहाँहरुको भोकले कलेटी परेका ओठहरु अनि नियाउरो मुहारमा एक पेट तातो खाना खुवाउन पाएकोमा म आफैंलाई भाग्यमानी ठान्दछु । भोका मानिसहरुको पेट भर्नु सबैभन्दा ठूलो धर्म हो । मानवले मानव जातिलाई गर्ने धर्म नै सर्वोत्कृष्ट धर्म हो । अतः “सेवाही परमो धर्म ।” “परोपकार पुण्याय” । हामीले नगरे कस्ले गर्छ ? अहिले नगरे कहिले गर्ने ?? अतः संसारको सबैभन्दा ठूलो धर्म भनेकै सेवा हो । पञ्चतत्वबाट निर्मित शरीर भएको हुँदा हामी सबैले पञ्चदाममध्ये कुनै पनि दान गर्नु सक्छौं । तन, मन, धम, वचन र कर्मले जो जसले, जहाँ जहाँ जे जति सकिन्छ अप्ठ्यारोमा परेका हर कोहीलाई मद्दत गरौं । परोपकारी हातहरु फैलाएर आउँदो पुस्ताको लागि सत्कर्मको बीज रोपौं । साना साना नानीबाबुहरुले पनि हामीले गरेको देखेर सिक्दै जानेछन् । उनीहरुले जे सिक्दछन् पछि गएर त्यही नै संस्कार बन्नेछ । मानव जीवनको लागि असल संस्कार नै सबैभन्दा ठूलो सम्पति हो ।”
भोजन दान गर्न इच्छुक व्यक्तिहरुले तलको लिंकमा क्लिक गरी सम्पर्क गर्न सक्नुहुनेछ
https://www.facebook.com/amulya.ghimire/

Nepal ☎️ +9779841141468

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here