त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्गद्वारा २११औं भानु जयन्तीको निमन्त्रणा

0
246

View Post

२११औं भानुजयन्तीको अवसरमा त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्गले आगामी जुलाई ६, २०२४ मा विशेष रचना वाचन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । उक्त अवसरमा त्रिवेणी साहित्य मञ्चले बिभिन्न समुदयका प्रतिनिधिहरू, सम्प्रदाय र धार्मिक अगुवाहरुको उल्लेखनीय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

“नेपाली भेष, भुषा, भाषा, साहित्य, कला, धर्म, संस्कृति र पहिचानलाई शसक्त बनाउने पवित्र उद्देश्यलाई शिरोधार्य गर्दै कार्यक्रममा बहुभाषी, बहुसाँस्कृतिक पहिचानका साथै साहित्यिक व्यक्तित्वहरूले आफ्ना रचनाहरू वाचन गर्नुको साथै कार्यक्रममा सहभागीहरूबीच विशुद्ध साहित्यिक संवाद पनि गरिने नारद आचार्य “सुदामा”ले बताएका छन् ।

त्रिवेणी साहित्य मञ्च हारिसबर्गका आयोजकहरूका अनुसार, यस कार्यक्रमले नेपाली भाषी साहित्यक अनुरागीहरूमा विभिन्न कला र संस्कृति समुदायलाई साहित्यिक गतिविधिहरूमा संलग्न गराउँदै आपसी मेलमिलाप र सद्भाव बढाउन मद्दत गर्ने विश्वास रहेको मञ्चका अध्यक्ष बैरागी माइलाले ग्लोबल पोष्ट मिडियालाइ अवगत गराएका छन् ।

उक्त कार्यक्रम बिहान १०:०० बजे देखि बेलुका ४:०० बजेसम्म २२२९ पक्सटन स्ट्रीट, हारिसबर्ग, PA १७१११ मा रहेको DISKA-HARRISBURG DOJO मा हुने अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।

उक्त कार्यक्रमको विवरण

  • मिति: जुलाई ६, २०२४, शनिवार
  • समय: बिहान १०:०० देखि बेलुकी ४:०० बजेसम्म
  • स्थान: २२२९ पक्सटन स्ट्रीट, हारिस्वर्ग, PA १७१११
    DISKA-HARRISBURG DOJO

साहित्य प्रेमीहरूलाई यो अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here