गायक हर्क चाम्लिङको “जवानी लिलाम भो” गीत सार्वजनिक

0
136

चर्चित गायक हर्क चाम्लिङको “जवानी लिलाम भो” गीतगीत सार्वजनिक भएको छ । यस गीतमा हर्क चाम्लिङको कर्णप्रिय आवाज रहेको छ भने मुनाल शिशिर कोइरालाको कथा, गीत एवम् निदेर्शन रहेको छ । “जवानी लिलाम भो” नामक यस गीतमा वसन्त सापकोटाले संगीत गरेका छन् । यस गीतको निर्माता देवी राइले रहेकी छिन् । उक्त गीतमा पुस्कर सुनुवारको संगीत संयोजन तथा ध्वनी मिश्रण रहेको छ भने मेलोडी नेपालको स्टुडियो रहेको छ ।

यस गीतमा कलाकारहरु दिक्पाल कार्की, जी.वी. चिरन, अस्मिता जुरेली, समीप निरौला, राज कुमार, गौरव हमाल, मनिसा लामा, जितेन्द्र रावल, आशा खत्री, अञ्जु गुरुङ र समिक्षा सानु रहेका छन् भने रोजिना श्रेष्ठको श्रृगार रहेको छ । विकल्प द फेसन वयेरले भेषभुषाको प्रवन्ध गरेको थियो भने जनता डिजिटलको निर्माण सामग्री रहेको थियो ।

उक्त गीतको निर्माण नियन्त्रक रुपमा सुमन श्रेष्ठ रहेका छन् भने राजेश घिमिरेले गीतको छायाङ्कन गरेका हुन् । ओम खड्काले सहायक सम्पदनका काम गरेका भने अर्जुन पोखरेलले सम्पादन तथा रङ्ग संयोजन गरेका छन् । उक्त गीतको निर्माण कार्य योङ माइन्डस इन्टरटेनमेन्ट प्रा.लिले गरेको यक्त गीतमा मिडिया पाटनरमा ग्लोबल पोष्ट र मकै हाउस टी.भी. एण्ड न्यूज रहेको छ ।

“तिम्रो मिठो मायाले” नामक गीतले अपार माया पाएका गीतकार हर्क चाम्लिङले यस गीतबाट पनि सबैको मन जित्नेमा आशावादी रहेको बताएका छन् । “जवानी लिलाम भो” यस गीतलाई आज संगीत दिवसको शुवर्ण अवसर पारेर सार्वजनिक गरेको गायक चाम्लिङले बताएका छन् ।

https://www.youtube.com/watch?v=6zsxAkUUWBY

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here